गजल उत्सव – ४ भव्य रुपमा सम्पन्न, प्रवासी साहित्यक मनहरुलाई ठूलो राहत
ह्युस्टन – देशदेखि टाढा प्रवासमा आयोजित यस्ता उत्सवहरुले साहित्यक मनहरुलाई ठूलो राहत पुर्याएको छ । देशमा हुने गरेका कार्यक्रमहरु हेरेर आफ्नो अनुपस्थितिले प्रवासमा मन खुम्चाउनु पर्ने अवस्था क्रमश कम हुँदै गएको छ ।
अमेरिका स्थित ह्युस्टन शहरमा गत २० नोभेम्बरका दिन ‘गजल उत्सव – ४‘ भव्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रीय साहित्य समाज ह्युस्टन च्याप्टर र गजल यात्राको आयोजनामा सम्पन्न महोत्सवमा अमेरिकाको विभिन्न राज्यबाट चालीसजना गजलकारहरुको सहभागिता रहेको थियो ।
नयाँ र पुराना गजलकारहरुले एक से एक उत्कृष्ट गजलहरु वाचन गरेर दर्शक स्रोताको वाहवाह र तालीसँगै मन पनि जितेका थिए । दिउँसो चार बजेदेखि शुरू भएको गजल वाचन राती ९ मा सकिएको थियो ।
कार्यक्रममा गजल वाचन मात्र होइन, गायन र नृत्यको पनि बेजोड प्रस्तुति थियो । शुरुमा शनिबार बिहान गजल यात्राले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गजल लेखन अमेरिकामा कस्तो छ, गजलको गुणस्तर सुधार कसरी गर्ने सम्वन्धमा छलफल गरिएको थियो ।
गजल उत्सवमा गजलकारहरु गोबर्धन पूजा, कृष्ण कुसुम, डिल्लु चम्लागाईं, रोहित राना, पुरानाघरे, भूपेन्द्र महत, सतिश त्रिपाठी, बासु पौडेल, पवन लामिछाने, राधाकृष्ण काफ्ले, बासुपुष्पा अधिकारी, बिटु केसी, सारदा पाठक, पूजा वागीश, खेमराज गैराघरे, विदुर दवाडी, मोदनाथ सादा, निलहरि आचार्य, मदन दुलाल, शारदा धिताल, रोशन श्रेष्ठ, अमृत कंडेल, मणि गौतम, कञ्चन भुषाल, अश्मिता आचार्य, आनन्द मोहन खनाल, मिलन कोइराला, दीपेन्द्र गौतम, पुण्य प्रकाश, राजीव घिमिरे, मिलन खराल, मोहन भण्डारी, केशवराज ज्ञावलीले गजल वाचन गरेका थिए ।
त्यसैगरी महेश्वर पन्त, केशव पौडेल, बिमल पराजुली र सविन दंगालले गजल गायन प्रस्तुत गरेका थिए । गजल नृत्यबाट रूपेश उप्रेतीले दर्शकलाई मन्त्र मुग्ध बनाए । महोत्सवका संयोजक एवं अन्तर्राष्ट्रिय सहित्य समाज ह्युस्टनका उपाध्यक्ष सतिश त्रिपाठीले गजल उत्सवलाई अतर्राष्ट्रियव्यापी गर्ने सोच रहेको बताए ।
महोत्सवमा अतर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष बासु पौडेले यस्ता कार्यक्रमलाई भविष्यमा अझ विस्तृत बनाउनुपर्ने विचार व्यक्त गरे । गजल यात्राका अभियन्ता द्वय पवन लामिछाने र बासुपुष्पा अधिकारीले नियम संगत र कार्यको समान बाँडफाँड गरी आगामी दिनमा गजल उत्सवलाई अगाडि बढाउने बताए ।
गजल उत्सव -४ लाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानीय र अमेरिकाका अन्य शहरहरुका सहयोगी संस्था र व्यक्तिहरुलाई प्रसंसापत्र द्वारा सम्मान गरिएको थियो । गजल उत्सवका सम्पूर्ण कार्यक्रम हिमालय खबरका सह- सम्पादक सुजन पण्डितले प्रत्यक्ष प्रसारण गरेका थिए । उत्सवमा सहभागी गजलकारहरु अत्यन्त खुशी र उत्साहित देखिएका थिए ।
दीप संचार मीडिया सम्मानित
यसै विच गजल यात्रा र अनेसास ह्यूस्टनको आयोजा मा सम्पन्न गजल उत्सव ४ मा दीप संचार मीडियालाई एक प्रंशसा पत्र सहित सम्मानित गरीएको छ।
पत्रमा आगामी दिनमा निरन्तर साथ तथा सहयोगको अपेक्षा सहित भनिएको छ, ‘गजल यात्रा र आनेसास ह्यूस्टनको बेजोड़ प्रस्तुति गजल उत्सव ४ मा तपाई दीप संचार मीडिया को उत्साहजनक सहभागिता तथा अमूल्य सहयोगको कदर गर्दै यो प्रंशसा पत्र प्रदान गरीएको छ।’
क्याटेगोरी : कला/साहित्य, ग्लोबल, अमेरिका
ट्याग : #breaking, #hot, #nepali song, #NRNA
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस