Techie IT
×
गृहपृष्ठकला/साहित्यगजल उत्सव -४ आगामी नोभेम्बर २० मा हुने, भव्य तयारी रहेको आयोजकको दाबी

गजल उत्सव -४ आगामी नोभेम्बर २० मा हुने, भव्य तयारी रहेको आयोजकको दाबी


टेक्सास – गजल यात्रा र अनेसास ह्युस्टनको आयोजनामा गजल उत्सव-४ नोभेम्बर २० तारिख टेक्सासको ह्युस्टनमा  हुने भएको छ।

गजल यात्रा र अनेसास ह्युस्टनले एक भर्चुअल पत्रकार सम्मेलन गरी  गजल उत्सव -४ को विषयमा विस्तृत जानकारी दिदै भव्य तयारी रहेको जानकारी गराईएको थियो।

उत्सव प्रतियोगितात्मक नभएको र हाल अमेरिकाबाट मात्र सहभागी हुनेछ। उत्सवका बारेमा संक्षिप्त जानकारी दिदै तयारी समितिका संयोजक सतिश त्रिपाठीले भने, “यो उत्सव गजल वाचन, गजल गायन र गजल नृत्यको त्रिवेणी संगम हुनेछ । अमेरिकामा रहेका गजल प्रेमीहरुको लागि अर्को महान चाड हो यो । नोभेम्बर २० शनिवार हुने यो कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट जम्मा ४४ जना गजलकारहरु सहभागी हुने छ”

सम्मेलनलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष गोबर्धन पूजाले गजललाई सम्मानित विधाको रुपमा अघि बढाउँदै अन्तर्राष्ट्रिय स्तरमा लग्ने अभियान रहेको बताएका थिए।  

गजल यात्राका अभियानकर्ता वासुपुष्पा अधिकारी र पवन लामिछानेले गजल उत्सवका शुरुवाती दिनका तीता मीठा अनुभवहरुलाई स्मरण गर्दै उत्सवको महत्वलाई झल्काएका थिए । आइएनएलएस ह्युस्टनका वासु पौडेलले धन्यवाद मन्तव्य राख्दै यो उत्सव आफैमा एउटा कुम्भ मेला भएको बताए । 

विभिन्न राज्यबाट सहभागी गजलकारहरुको एक दिनको खाने बस्ने र घुमाउने समेत निशुल्क व्यवस्था गरिने यो कार्यक्रम आफैमा प्रसंशनीय रहेको बताउदैं कार्यक्रम पूर्ण सफलताको शुभकामना सहित साहित्यिक कार्यक्रमको प्रायोजन गरिदिएर ठूलो सहयोग पुर्याउने ह्युस्टनका सबै सहयोगी मनहरु प्रति आयोजकले प्रसंशा गरेका थिए ।

साहित्यकार तथा हिमालयन खबरका प्रतिनिधि बिटु केसीले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा इनेप्लिजका सम्पादक बिजय थापा,  दीप संचार मिडियाका प्रधान सम्पादक दिपजंग शाह, डिसी नेपालका अर्जुन दाहाल, यूएस खबरका सम्पादक किशन रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए।


क्याटेगोरी : कला/साहित्य, ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस