Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकला/साहित्यमन बनाको जोड्न हो, होइन अहँ तोड्नलाई

मन बनाको जोड्न हो, होइन अहँ तोड्नलाई


दुख्छ भन्ने जानीजानी, घन हाने फोड्नलाई !
प्लाष्टिक हैन मन अब, ग्लू लगाई जोड्नलाई !!

नभाँच्चिनु भाँच्चियो, टुक्राटुक्रा भई छरियो,
काफी भयो यति नै, मनको बाटो मोड्नलाई !

जीवन हुन् बोटविरूवा, मलजल गरिराख्नु, 
झारपात भने उखेल्नु, नराख्नु है गोड्नलाई !

पटकपटक मनन गरें, क्षमा गर्नु धर्म सम्झें,
थिलथिलो मन बोल्यो, हुन्न अब छोड्नलाई !

ब्रह्माण्ड नै बसमा हुन्छ, संकल्प सच्चा भए,
मन बनाको जोड्न हो, होइन अहँ तोड्नलाई !


क्याटेगोरी : कला/साहित्य, ग्लोबल
ट्याग : #breaking, #hot, #nepali song

तपाईको प्रतिक्रिया दिनुहोस