Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकला/साहित्यतिलु सर्माको मौलिक तीज गीत `स्यानी´ सार्वजनिक (भिडियो सहित)

तिलु सर्माको मौलिक तीज गीत `स्यानी´ सार्वजनिक (भिडियो सहित)


दोहा – नेपालमा हरेक चाडपर्वलाई लक्षित गरेर बिभिन्न किसिमका गीत संगीतको निर्माण हुने गरेको छ । संगित बिनाका कुनै पनी पर्व हुदैनन र छैनन पनी । यस्तै महिलाहरुको पवित्र पर्व हरितालिका तिज आउन करीब एक महिना बाकी रहेको छ । यहि पर्वलाई लक्षित गर्दै दैनिक नयॉ नयॉ गीत संगीतहपु बजारमा आईरहेका छन ।

तिजमा माईत आउदा आफुले घरदेशमा पाएको दुख पिडालाई गीत मार्फत अभिव्यक्त गर्ने संस्कार तथा प्रचलन यस पर्वले बोकेको छ । तर पछिल्लो समय तिज लाई रत्यौलीले गाजीरहेको छ । तिज र रत्यौली बिच निकै ठुलो बहस चलिरहेका बेला मौलिक तीज गीत ‘स्यानी’ बाबा इण्टरटैन्मेण्ट टिभि च्यानलबाट सार्वजनिक भएको छ ।

विक्रम परियार र अमृता श्रीपालको स्वरमा सजिएको स्यानीका शब्द शरद पाण्डेले लेखेका हुन् भने प्रेम सापकोटा ‘सोनु’ ले सङ्गीत भरेका छन । आफ्नो स्यानीलाई अत्याधिक माया गर्ने स्यानेले स्यानीको नृत्य कौसलताको र रुपको बयान गीतमा गरेका छन । पछिल्लो समय तीज गीतमा विकृति आउन थालेको भन्ने चर्चा चलिरहँदा यो गीतमा भने अश्लीलताको प्रयोग गरिएको छैन ।

आफ्नो प्रेमीको जितको लागी हार पनी स्विकार्नु पर्ने सन्देस गीतले दिएको छ । मरक्क कम्मर मर्काएर नाच्न खप्पिस स्याने र स्यानीको चरित्रमा अर्जुन सापकोटा, विमल अधिकारी, रविना भण्डारी, सन्ध्या सानुलाइ प्रवीण थापाले आफ्नो कोरियोग्राफी तथा निर्देशन मार्फत नचाएका छन ।सुजन कोइरालाले सम्पादन गरेको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन । नवराज भट्टराई र तिलु शर्मा पौडेलले मिलेर स्यानीको निर्माण गरेका हुन ।

भिडियोको हेर्नुहोला 




क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस