Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकला/साहित्यकविता : मान्छे एउटा खोलाको बगर जस्तै हो

कविता : मान्छे एउटा खोलाको बगर जस्तै हो


मान्छे एउटा खोला को
बगर जस्तै हो,
कुन बेला बाढी आउँछ
थाहै हुन्न,

कहिले समयले थिचेको हुन्छ
कहिले सपनाले
कहिले आफ्नै मनले

कहिले आफ्नाले त
कहिले पराइले
थिचिरहेका हुन्छन् ,

को होला र यहाँ शत्रु
नभएका,
भोको पेट भर्न माग्दै नहिँडे तापनी
मागेकै सरह
भनिदिन्छन्।

तिम्रो जस्तो उचाईमा पुग्न हरकोहि
को इच्छा हुन्छ,
तर
आफ्नो मनमा के चलिरहेको छ
त्यो आफै लाई थाहा हुन्छ
र पनि त्यसको व्याख्या
समाजका विद्वानले
नै गरिदिन्छन्।

उक्साउने पनि त्यही
समाज,
भड्काउने पनि त्यही
समाज
तर समाधान को बाटो
खोजिदिए झैँ
गरिदिन्छन्।

अरुको खेदो ,रिस
र कुभलो
गर्न सिकाउनेले
किन सिकाएन
प्रगतीको बिगुल
फुक्ने कला?

 

  • लेखक ~ गोबिन्द नेपाल , हाल – काठमाडौं, नेपाल

क्याटेगोरी : कला/साहित्य
ट्याग : #कविता

तपाईको प्रतिक्रिया दिनुहोस