‘ग्लोबल एनआरएन सिंगिङ आइडलले प्रवासी नेपालीहरूमा आफ्नै मौलिकता फर्काउन मद्दत गर्नेछ’ : उपाध्यक्ष डा. के सी
काठमाडौं, – गैरआवसीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को अवधारणा एकदमै उत्कृष्ट रहेको बताएका छन् । ग्लोबल एनआरएन सिंगिङ आइडलसम्बन्धी भएको छलफलमा उपाध्यक्ष केसीले यस प्रतियोगिताले संसारभर छरिएर रहेका नेपालीहरूलाई आकर्षित गरेको बताएका हुन् ।
‘नेपाली गीत–संगीतको संरक्षण गर्न यो सिंगिङ आइडलले महत्त्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु, यसमा धेरै देशमा रहेका नेपालीहरूले भाग लिँदै छन्,’ उनले भने, ‘धेरैले भाग लिन पाइयोस् भनेर निवेदन पनि गरिरहनुभएको छ, यो प्रतियोगिता एकदमै भव्य र सफल हुनेछ ।’
त्यस्तै, उपाध्यक्ष केसीले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरूले आफ्नो भाषा, कला, संस्कृति र संगीत बिर्सिने अवस्था सिर्जना भइरहेका बेला यस्तो कार्यक्रमको आयोजना गरिनु निकै महत्त्वपूर्ण कर्म भएको धारणा राखे ।
‘अधिकांश नेपालीले विदेशमा बस्दा नेपाली भाषा नभएर अन्य भाषाको प्रयोग गर्छन्, हाम्रा सन्ततिहरूले हाम्रो भाषा बिर्सिन सक्ने अवस्था छ, हाम्रा गीत–संगीत र मौलिकपन बिर्सिने अवस्था छ,’ उपाध्यक्ष केसीले भने, ‘यस्ता सांगीतिक कार्यक्रमले प्रवासी नेपालीहरूमा आफ्नै मौलिकता फर्काउन मद्दत गर्नेछ ।,
गैरआवासीय नेपाली संघ मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलले देश बाहिर बस्ने नेपालीलाई संगीतमा लाग्न थप प्रेरणा प्रदान गर्ने विश्वास उपाध्यक्ष केसीले लिएका छन् । ‘एनआरएन सिंगिङ आइडल प्रवासमा नेपाली संगीत जोगाउन कोशेढुङ्गा साबित हुनेमा म ढुक्क छु,’ उनले भने ।
उपाध्यक्ष केसीले सिंगिङ आइडलको आयोजना सराहनीय काम भएको बताउँदै त्यसका लागि आवश्यक सहयोग गर्न एनआरएनए केन्द्र तत्पर रहेको पनि उल्लेख गरे । ‘सिंगिङ आइडलका लागि केन्द्रबाट चाहिने हरेक सहयोग हुनेछ,’ उनले भने, ‘यस प्रतियोगिताको आयोजना गरेकोमा म गैरआवसीय नेपाली संघ मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीलयायत आयोटक टोलीलाई बधाई तथा धन्यवाद दिन चाहन्छु ।’
क्याटेगोरी : कला/साहित्य, ग्लोबल
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
तपाईको प्रतिक्रिया दिनुहोस