Techie IT
×
गृहपृष्ठकला/साहित्यजिवन नै आफैँमा रंगमञ्च हो – नायक बुढाथोकी

जिवन नै आफैँमा रंगमञ्च हो – नायक बुढाथोकी


कोरोना कहरका कारण सिनेमा घर सबै बन्द रहनाले यससँग सम्बन्धित कामदारहरु बेरोजगारीको स्थितिमा पुगेका छन् । लामो समय देखि नेपाली चलचित्र जगतमा सकृय रुपमा अभिनय गरिरहेका नायक दिनेश बुढाथोकी जसलाई हामी चकलेटी नायकको रुपमा पनि चिन्छौ । बुढाथोकी चलचित्र क्षेत्रका ब्यस्त कलाकारको रुपमा लिईन्छ । दोलखा, शैलुङ गा.पा.७, का बासिन्दा दिनेश बुढाथोकीले एक दर्जन म्युजिक भिडियो र धनमान, जय प्रशुराम, लिला, रुद्र, लाले आदि चलचित्रमा काम गरिसकेका छन् । अभिनयमा अब्बल दिनेश बुढाथोकी नेपाली सिने जगतका आशा लाग्दा प्रतिभा हुन् भने दर्शक र चलचित्रकर्मीको रोजाईका कलाकार हुन् । प्रस्तुत छ दीप संचार मिडियाका लागि अशोक खड्काले गरेको कुराकानी संक्षिप्त अंश:

  • आज भोली केमा ब्यस्त हुनुहुन्छ ?

तपाईलाई थाहा नै छ अहिले संसार कोरोना कहरमा परेको छ । हरेक क्षेत्रमा यसको प्रभाव परिरहेको छ, जसले गर्दा नेपाली सिनेमा क्षेत्र पनि अछुतो रहन सकिरहेको छैन । जसले गर्दा धेरै मात्रामा प्राबिधिक, कलाकार जसले सिनेमालाई आफ्नो मुख्य पेशा बनाएर जिविकोपार्जन गर्दै आउनु भएको थियो उहाँहरुलाई ठुलो मर्का परेको छ भने राज्यलाई समेत ठुलो राजस्वको नोक्सान भईरहेको छ । जसले गर्दा म र मेरो जीवन पनि सिनेमासंग जोडिएको कारण केही प्रभाव परेको महसुश गरिरहेको छु र हाल थाइल्याण्डमा ब्यबसाय गर्दै अभिनय पनि सिकिरहेको छु। यस बिचमा केही प्रोजेक्टमा कुरा पनि भैरहेको छ र कोरोना केही कम हुने बित्तिकै दशकहरूले फरक रूपमा मलाई देख्न सक्नुहुनेछ र आशा छ सदाझैँ यसपाली पनि दर्शकहरूले मलाई माया गर्नुहुनेछ।

  • सुटिङ भैहाले पनि यो स्थितिमा सिनेमा प्रदर्शन होला त ?

सिनेमा हल नखुलेको भएपनि सधै यही अवस्था त रहन्न होला नि । नेपाली सिनेमासंग संबन्धित सबै पक्ष बीच बहस चलिरहेको छ । कसरी निर्माण, प्रदर्शन र प्रबर्धन गर्ने भनेर । हामीले अन्तराष्ट्रिय अभ्यास पनि हेरिरहेका छौ, जस्तै बलिउडमा भर्खरमात्र सिनेमा हल खोलिएका छन् । परिणाम कस्तो आउँछ हेर्दैछौ र अन्य कुनै माध्येमबाट सिनेमा प्रदर्शन गर्न सकिन्छ कि भन्नेमा पनि बहस जारी छ ।

  • नेपाली सिनेमाले बिस्तारै उचाई लिईरहेको बेला यस्तो अवस्था आयो अव कोभिडले गर्दा पछिको सहज स्थितिमा पनि त्यही उचाई लिन्छ त ?

निकै राम्रो समसामयिक प्रश्न गर्नु भो, हामी र हाम्रो लागि र नेपाली सिनेमाको लागि एक ठुलो चुनौती आएको छ । अव फेरी हाम्रो सिनेमा त्यही अवस्थामा फर्किन्छ वा फर्किदैन सबै यस सँग संबन्धित निकायमा ठुलो वहस हुन थालेको छ । कसरी पहिलेको अवस्थामा नेपाली सिनेमा सहज स्थितिमा ल्याउन सकिन्छ, ति दर्शकलाई कसरी बिश्वास दिलाउन सकिन्छ, हलसम्म ल्याउने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषय अव चुनौत रहेको छ । हामीले पनि राज्यलाई कसरी हुन्छ ठुलो लगानीमा निर्माण भएर प्रदर्शनको तयारीमा रहेका सिनेमाको निर्मातालाई कसरी सहज बनाउन सकिन्छ र आर्थिक रुपले पनि कसरी बचाउन सकिन्छ भन्ने प्रति पहल भैरहेको छ । समयसंगै चलचित्र क्षेत्रले पनि प्रगति गर्दै जानेमा म विश्वस्त छु ।

  • पछिल्लो समय लगानीकर्ताहरु चलचित्रमा खर्च गर्न डराईरहेका छन् के भन्नु हुन्छ ?

निर्माता बचेमा सिनेमा उधोग बच्छ र राज्यले पनि ठुलो मात्रामा राजश्व असुल्न सक्छ त्यसैले हामी सबैले यस तर्फ पनि ध्यान दिनु पर्छ । हो, नेपाली सिनेमा पनि उधोगको रुपमा आगाडी बढिरहेको र ठुलो संख्यामा रोजगार दिईरहेको र कलाकार देखि प्राविधिकसम्मलाई समाजमा छुटै प्रतिष्ठा प्रदान गरेको छ । नेपाली सिनेमा पनि बिदेशमा विशेष प्रदर्शन गरेर निर्माताले राम्रै आर्थिक लाभ लिईरहेका थिए, अब के फेरी त्यही स्तरमा नेपाली सिनेमाले उचाई लिन्छ त भन्ने प्रश्न उठेको छ । त्यसैले यससँग संबन्धित सबै निकाय, संस्था र राज्य स्तरबाट गहन रुपले सोच्ने बेला आएको छ ।

  • तपाईलाई कस्तो खालको भूमिका मनपर्छ ?

धेरैले भन्ने गर्नु हुन्छ कलाकार भएपछि जस्तो पनि भूमिका गर्न सक्नुपर्छ । मैले र मेरो कलाकारिताको जीवनमा कहिले पनि यही खालको भूमिका गर्नुपर्छ भन्ने ठानिन । त्यसैले मेरो बारेमा बजारमा के कस्ता चर्चा परिचर्चा हुन्छ त्यता कहिलेनी जान चाहिन, चाहेत केवल मेरो काम एक पछि अर्को कसरी राम्रो दिन सकिन्छ भन्नेमा नै केन्द्रित रह्योे । धेरै भन्दा पनि राम्रो सिनेमा दिनेमा मेरो सम्पुर्ण ध्यान जान्छ । त्यसैले ब्यक्तिगत चर्चा भन्दा पनि मेरो राम्रो कामको मुल्यांकन भएको पाएको छु । त्यसैले मेरो ब्यक्तिगत चर्चा र महत्व दर्शकबाट कम हुन्छ जस्तो लाग्दैन । रह्यो भूमिकाको कुरा मैले गर्न हुने र सुहाउने जस्तो पनि भूमिकामा काम गर्न तयार छु ।

  • जय प्रशुराम चलचित्रबाट नेपाली सिनेमा जगतमा प्रवेश गरेसंगै पहिले र अहिलेमा के फरक पाउनु भयो ?

मेरो पहिलो चलचित्र जय प्रशुरामले सिनेमा बजारमा एक किसिमको हलचल मच्चाई दियो । जसका कारण नेपाली सिने जगतलाई नै एक उचाईमा पुर्याउन सक्ने नायकको रुपमा हेरिन लाग्यो र अनि मलाई सिनेमाको अफर धेरै आउँन थाले पनि मैले संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक सिनेमा गर्नु पर्छ भन्ने मान्यता राखे स्क्रिप, कथावस्तु अनि युनिट हेरेरमात्र काम गर्न थाले । एउटा सिनेमा सक्काएरमात्र अर्को सिनेमामा काम गर्थे । एक पछि अर्को चलचित्रमा ब्यस्त हुन थालेपछि सिनेमा भन्दा अरु केही सोंच्न सकिन । अरु सोच्ने कुरा पनि भएन जसले मलाई नाम, दाम दियो र यसै क्षेत्रलाई मुख्य पेशा बनाउदै आए र नेपाली सिनेमाका एक ब्यस्त आर्टिष्टको पङ्क्तिमा आफुलाई उभ्याउन सफल भए ।

  • सिनेमा क्षेत्रमा आउन चाहनेहरुलाई के सल्लाह दिनु हुन्छ ?

जति पनि हामीले बाहिरबाट सिनेमा जगतलाई देखेका छौ त्यो स्वर्ग जस्तो लाग्छ । वास्तविकता देखेभन्दा फरक छ । यहाँ ठूलो प्रतिस्पर्धा छ । यस क्षेत्रमा आउनु पहिले आवश्यक सिप ब्यक्तित्व बिकास र दृढसंकल्प संयमित हुन सिक्नु र अनिमात्र आउनुस् । जसले कलाकारिता क्षेत्रमा स्थापित गराउन मद्दत पुगोस ।

  • कलाकार बाहेक तपाईंलाई सामाजिक अभियान्ता भनेर पनि चिनिन्छ ।समाज सेवा कसरी गरिराख्नुभएको छ?

म आफुलाई सामाजिक अभियान्ता भन्दा पनि सामाजिक ब्यक्ति हुँ भनेर भन्दा आनन्द लाग्छ। सामाजिक ब्यक्ति भएपछि सामाजिक सेवा भनेको आफ्नो दैनिकि जस्तो हुँदो रहेछ र त्यसैमा अभ्यस्त भइदोँ रहेछ। तर मलाई अरूले जस्तो यसो गरे भनेर प्रचारबाजी गर्नुभन्दा गुमनाम भएर दुःखीहरूको सेवा गर्न पाउदाँ आनन्द लाग्छ र त्यसै गरिरहेको छु र भोलिका दिनमा पनि गरिरहनेछु।


क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस