एनआरएन सिंगिङ आइडल : को, कहाँबाट सहभागी हुन पाउँछन् ? कस्तो छ छनोट प्रक्रिया ?
दाेहा – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्दैछ। उक्त सिंगिङ आइडलमा सार्क मुलुक बाहेकका, गैरआवासीय नेपाली संघ गठन भएका सबै राष्ट्रबाट प्रतियोगीहरु सहभागी हुन पाउनेछन्।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार विश्वभरका ६ वटा क्षेत्रीय समितिको सहभागिता रहनेछ। प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन्। ६ वटाभन्दा धेरै राष्ट्रसहितको क्षेत्रीय समिति छ, प्रत्येक राष्ट्रबाट १ प्रतियोगी थपिने छन्। प्रतियोगिता अप्रिल १६ र १७ तारिखमा सञ्चालन हुनेछ।
एनआरएनए दोस्रो पुस्ताको यो अभियानमा ४० वर्षसम्मका नवोदित गायक–गायिका भर्चुअलमार्फत् सहभागी हुनसक्ने छन्। कोरोना कहरका कारण यस पटक भर्चुअलमार्फत् गर्नुपर्ने बाध्यता रहे पनि आगामी सिजनमा अन्तर्राष्ट्रियस्तरको स्टेज तयार पारेर अन्तर्राष्ट्रियस्तरकै रियालिटी शो गर्ने योजना रहेको रेग्मीले जानकारी दिए।
गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना गरिन लागेको उक्त कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन्।
एनसीसी कतार आयोजक कन्ट्री भएको कार्यक्रममा आइडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ रहेको रेग्मीले बताए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिने छ।
कस्तो हुने छ प्रतियोगी छनौट प्रक्रिया ?
कार्यक्रममा ३ चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ। पहिलो चरणलाई डिजिटल राउन्ड भनिएको छ। ‘डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा २ मिनेटसम्मको सफा र प्रष्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषदलाई र रेकर्डका लागि आयोजक कमिटीलाई पनि सीसी गरी पठाउनु पर्नेछ ,’ संयोजक रेग्मीले भने ।
‘प्रत्येक राष्ट्रिय समन्वय समितिले उक्त भिडियो हेरेर क्षेत्रीय समितिलाई छनौटका लागि पठाउने छ ।’ प्रत्येक क्षेत्रीय समितिले छनौट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना rycmiddleeast@nrna.org, rcmiddleeast@nrna.org मा मिति १० अप्रिल २०२१ सम्ममा पठाउनु पर्नेछ।
रेग्मीका अनुसार आयोजक कमिटीले प्राप्त प्रतियोगीहरूको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने र डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मूल्याङ्कन गर्दै पहिलो चरणमा जम्मा प्रतियोगीमध्येबाट ३७ जना प्रतियोगीलाई मात्र छनौैट गरी ओपनिङ राउन्डमा लैजाने छ।
छनौट भएका ३७ जना प्रतियोगीहरूको नामावली १३ अप्रिल २०२१ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिलाई जानकारी गराउने रेग्मीले बताए ।
त्यसपछि ओपनिङ राउन्डलाई ३ चरणमा बाँडिने र डिजिटल राउन्डबाट छनौट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउन्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउन्डको सारेगम राउन्डमा प्रवेश गराउने नियम तय भएको छ।
‘ओपनिङ राउन्डको सारेगम राउन्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउन्डमा प्रवेश पाउने छन्, ती प्रतियोगी स्वतः फाइनल राउन्डमा सहभागी हुन पाउने छन्,’ रेग्मीले भने।
फाइनल राउन्डलाई ३ चरणमा विभाजित गरिने छ । जसमा ओपनिङ राउन्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट ४ जना प्रतियोगीहरू बाहिरिने छन्।
९ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप ४ जना प्रतियोगी बाहिरिने र अन्तिममा ५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउने रेग्मीले बताए ।
‘प्रतियोगीले ग्राण्ड फिनालेमा १–१ वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा १ जना प्रतियोगी बाहिरिने र ४ जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ,’ रेग्मीले भने।
नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना हुन लागेको हो।
क्याटेगोरी : कला/साहित्य, ग्लोबल
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस