Techie IT
×
गृहपृष्ठकला/साहित्य“के छैन र यहाँ”

“के छैन र यहाँ”


‘कविता’ 

  • भिम प्रसाद न्यौपाने

“के छैन र यहाँ”

बिषादि छ फलफूलमा, तरकारि छ बासी,
बिपत्ति छ भाग्यभरि,शनीमा छ रासी ।

गाँउँमा छन् करेतहरू, शहरमा छन् दुम्सि,
तन्नेरी छन् खाडि मुलुक, कुर्सिमा छन् मुन्सि।

जिल्लामा छन् गाेब्रे किरा, केन्द्रमा छन् घुन
मनभरि छ वाईबल यसु, पश्चिमा छन् धुन ।

सुरक्षित छन् भ्रष्टाचारि, नेताका छन् आड्मा,
कानून छ काेक्याउने, न्याय त झन् भाँड्मा ।

च्याटिङमा छन् बाबा-आमा, छाेरा -छाेरि डिस्काे,
बाेईकलमा छ हलाे जुवा, खेतमा छ ढिस्काे।


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस