Techie IT
×
गृहपृष्ठस्वास्थ्यनेपाली कांग्रेसका नेता तथा पुर्व मंत्री विश्वकर्माको भावुक स्टाटस

नेपाली कांग्रेसका नेता तथा पुर्व मंत्री विश्वकर्माको भावुक स्टाटस


काठमाण्डौ —नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मंत्री मीन विश्वकर्मा कोरोना मुक्त घर फर्की सकेका छन् । लामो समय अस्पतालको बसाई पछि अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् । अस्पतालबाट घर फर्किएको १६ दिन भयो तर अझै सजिलै बोल्न र हिड्न भने सक्ने अवस्थामा नरहेको उनले सामाजिक संजालमा लेखेका छन ।

लामो समय अस्पतालमा बस्दा पाएको माया, स्नेहलाई सामाजिक संजालमा यसरि व्यक्त गरेका छन ।

कोभिड —१९ बाट संक्रमित भइ पहिले कर्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भए पछि ११ गते राती ग्राण्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याईएको थिए । बरिष्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एबम आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समुह संगै अति स्नेही सेवा गर्ने नर्सहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु ।

उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु, तथा पुर्व पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु, प्रमुख सचेतक माननिय बालकृष्ण खाँणको सक्रियता र योगदान अविष्मरणिय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको छु । साथै नेपाली काङ्ग्रेस पार्टीका विभिन्न तहका नेता एबम कार्यकर्ता साथिहरुले ब्यक्त गरेको सुभेच्छाले मेरो मनोबल उच्च बनाएको छ ।

शुरुकै अबस्था देखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि क्रियाशिल हुनु हुने सम्माननिय सभामुख, माननीय सांसदहरु, कानुन समिती सभापती र संसदका महासचिव लगायत सबै कर्मचारी मित्रहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।
मेरो स्वास्थ अवस्था जटिल बन्दै जाँदा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारि दवावले मलाई उद्देलित गराउदै थप हौसला बढाएको छ ।

साथै जीवन र मृत्युको दोसाँधमा हुँदा महाममिम राष्ट्रपति, सम्माननिय प्रधानमन्त्री, माननिय स्वास्थ मन्त्री लगायत माननिय मन्त्रीहरु एबम माननिय सुबाष नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयास र योगदानले मलाई भावुक बनाएको छ ।
म ग्राण्डी अस्पतालको आइसियु र भेन्टिलेटरमा अचेत अबस्थामा मृत्यु सङग लडिरहंदा मेरो स्वास्थ अवस्था बारे हरपल चासो राखि सन्चार माध्यमबाट निरन्तर सुचना प्रभाह गर्ने सबै प्रिय संचारकर्मी साथिहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवान सङग प्रार्थना गरि आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एबम आफन्तजन प्रति हार्दिक नमन गर्दछु ।

अन्त्यमा, ३६ दिनको अस्पताल बसाई पछि घर आएको पनि आज १६ दिन भयो । स्वास्थ अबस्थामा दैनिक सुधार भए पनि अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन । अतः लामो समय पछि आज देखि सामाजिक संजालमा उपस्थित भएको छु । फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु । जय नेपाल ।।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार