Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्गको लमहीमा स्वच्छता (वास) समितिको बैठक

दाङ्गको लमहीमा स्वच्छता (वास) समितिको बैठक


दाङ्ग, स्थानिय तहस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता (वास) समितिको बैठक बुधवार दाङ्गको लमहीमा सम्पन्न भएको छ ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले स्थानियतह खानेपानी, सरसफाई तथा स्वच्छता समितिलाइ पूर्णता दिने सम्बन्धमा सुरक्षा निकाय तथा गैर सहकारी संस्थालाइ मनोनयन गरी समितिलाई पूर्णता दिने निर्णय गरिएको हो ।

यस्तै बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना कार्यलाइ प्रभावकारी रुपमा अगाडि बढाउन लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासे, प्रवक्ता बिमबहादुर केसी, वडाध्यक्ष सुवास न्यौपाने, गणेशमान चौधरी, वडा प्रहरी कार्यालय लमहीका बिष्णु बहादुर केसी र देउखुरी सामुदायिक सेवा केन्द्र लमहीको कार्यदल गठन गर्ने निर्णय गरिएको लमही नगरपालिकाका वास संयोजक गोपाल विकले जानकारी दिए ।


क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस