गृहपृष्ठ ∕ स्वास्थ्य ∕ यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम दीप संञ्चार पुस २४, २०८० गते १९:३९ मा प्रकाशित प्रतिदिन जाडो बढिरहेको छ । जाडो धेरै भएका कारण यो मौसममा पानी चिसो समेत हुने गर्छ । चिसो मौसममा चिसो पानीले नुहाउनु धेरै कठिन हुन्छ त्यसैले अधिकांश मानिस नुहाउन तातोपानीको प्रयोग गर्छन् । यसमध्ये गिजर धेरैको रोजाइमा पर्ने गर्छ । तर गिजरको सही प्रयोग र तरीका जानिएन भने ज्यान जोखिममा पर्न सक्छ ।यस्ता छन् गिजरमा नुहाउँदा ध्यान दिनुपर्ने कुराहरू :सामान्यतयाः बाथरुम सानो हुन्छ । त्यसमाथि नुहाउँदा धेरैले भेन्टिलेसन समेत बन्द गरेर नुहाउँछन् । तर यसरी नुहाउँदा ग्यासबाट उत्पादन भइरहेको कार्बनडाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्छ र, मानिसलाई नुहाउँदा नुहाउँदै चक्कर लाग्ने र बेहोस हुने हुन्छ । यो बेला ढोका खोलेर बाहिर निस्कन समेत ग्राहो हुन्छ। त्यसैले नुहाउने ठाउँको भेन्टिलेटर खोलेर नुहाउनु पर्दछ । यसो गर्दा सजिलैसँग हावा प्रवाह हुन सक्छ। साथै गिजरमा नुहाउन जाँदा परिवारलाई भनेर जानु पर्दछ । ताकि कुनै अप्ठेरो भए परिवारले पनि थाहा पाउन सकुन् ।गिजरको फाइदा :गिजर सबैका लागि सहज र सुलभ छ । अन्य विकल्प भन्दा यो सस्तो पनि छ ।गिजरका बेफाइदा :गिजर प्रयोग गर्दा राम्रोसँग सावधानी अपनाउन नसकेको खण्डमा ज्यान जानेसम्मको खतरा हुन्छ । गिजरले ग्यास उत्पादन गर्छ त्यही ग्यासबाट आउने फ्युल्सहरु टक्सिक हुन्छ । त्यहाँबाट कार्बनमोनोअक्साइड र नाइट्रोअक्साइड निस्कन्छ र ज्यान पनि जान सक्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल