Techie IT
×
गृहपृष्ठस्वास्थ्यकिन खाने पोलेको मकै ? यस्ता छन् ९ फाइदा

किन खाने पोलेको मकै ? यस्ता छन् ९ फाइदा


पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खादाँको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम जारी छ । यो मौसममा कतिपय मानिस तातो–तातो मकै खान मन रुचाउँछन् । यो मौसममा पोलेको मकै खादाँ धेरै फाइदा पाउन सकिन्छ ।

पोलेको मकै खादाँ यसले स्वादमा धेरै प्रकारको फाइदा हुन्छ । मकै पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्दछ । यस बाहेक पोलेको मकैं खानुको के छ त फाइदा रु

– पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो ।
– यसमा पाइने पर्याप्त मात्राको एन्टिअक्सिडेन्टले बढ्दो उमेरको लक्षणलाई रोक्छ ।
– पोलेको मकैमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरसँग लड्न मद्दत गर्छ ।
– पोलेको मकैले बच्चाहरूको शारीरिक र मानसिक विकासमा फाइदाजनक मानिन्छ ।
– यसमा कोलेस्ट्रोलको मात्रा नगन्य हुन्छ, त्यसैले पोलेको मकै खाँदा मुटु स्वस्थ रहन्छ ।
– मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्दा रुघाखोकीमा फाइदा हुन्छ ।
– साथै यसले खोकी लागेको पनि निको हुन्छ ।
– मकै खाइसकेपछि त्यसको खोया भाँचेर सुँघ्दा रुघाखोकी पनि निको हुन्छ ।
– पोलेको मकै खाँदाँ दाँत बलियो हुन्छ ।


क्याटेगोरी : स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार