गृहपृष्ठ ∕ स्वास्थ्य ∕ धेरै सुत्नु हुन्छ ! धेरै सुत्नु हुन्छ ! दीप संञ्चार चैत्र १७, २०७९ गते २२:११ मा प्रकाशित चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । तर कोरोना संक्रमणकालमा जारी लकडाउन र निषेधाज्ञाका क्रममा घरभित्रै हुनु पर्दा धेरै मानिस आवश्यकता भन्दा बढि निदाउने गर्दछन् ।अहिले अधिकाशं मानिस राति अबेरसम्म ननिदाउने र बिहान अबेरसम्म वा दिउँसो पनि सुत्ने गर्दछन् । तर यसरी दिउँसो वा आवश्यकताभन्दा बढि सुत्दा मानिसको स्वास्थ्यमा यसले गम्भिर असर पार्ने गर्दछ ।८ घण्टाभन्दा बढि सुत्दा शरीरमा आलस्यता हुने, मष्तिक बोधो हुने र मानिसमा जागँर मर्ने गर्दछ । यस अलावा देखिने स्वास्थ्य समस्या निम्न छन् ।– दिउँसो सुत्ने मानिसको पाचनतन्त्रमा गडबडी हुने संभावना उच्च रहन्छ ।– आवश्यकताभन्दा बढि निदाउने मानिसलाई खाएको नपच्ने हुन्छ ।– बढि सुत्ने मानिसहरुमा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्छ ।– धेरै सुत्ने मानिसमा मोटोपना बढ्नुको साथै मधुमेहको संभावना उच्च रहन्छ ।– खानापछि एकछिन आराम त ठिकै हो तर निदाउँदा पेटसम्बन्धी रोग लाग्ने गर्दछ ।– दिउँसो सुत्ने मानिसमा ज्वरो, गलासम्बन्धी रोग लाग्ने संभावना उच्च रहन्छ ।– आवश्यकताभन्दा बढि सुत्नेहरुमा स्मरण शक्ति कमजोर, शरीर फुल्ने समस्या हुनसक्छ ।– पढ्ने विद्यार्थीले लगातार सुत्नु हुदैन । तर लगातार २ घण्टाभन्दा बढि पढ्नु पनि हुदैन ।– वृद्ध वा बालबालिकाहरु आवश्यकता अनुसार बढि समयसम्म निदाउदा असर पर्दैन ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप