गृहपृष्ठ ∕ स्वास्थ्य ∕ विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? दीप संञ्चार चैत्र ८, २०७९ गते १८:२८ मा प्रकाशित एजेन्सी– स्मरण शक्ति कमजोर भएका कारण सवैभन्दा बढी तनावमा विद्यार्थीहरु देखिन्छन् । अझ परीक्षा नजिक छ भने कतिपय त यही चिन्ताले विरामी समेत पर्ने गरेका छन् ।उमेर ढल्किँदै जाँदा स्मरण शक्ति कमजोर हुँदै जानु सामान्य हो, तर बाल्यावस्थामै कसैको स्मरण शक्ति यति बोधो हुन्छ कि पढेका कुरा क्षणभरमै विर्सिन्छन् ।केही रोग नभएमा यसो हुनुको पछाडि उनीहरुले स्मरण शक्ति कमजोर भएकै हो भन्न नमिल्ने विज्ञहरु बताउँछन् । किनकी उनीहरु पढेका कुरामात्र बिर्सिने हुन्, अरु कुरा उनीहरुको दिमागमा ताजै रहन्छन् । यसको प्रमुख कारण भनेको विषयवस्तुमा उनीहरुको लगाव नहुनु नै हो । यसका लागि विज्ञहरुले केही उपाय अपनाउन सकिने जनाएका छन् ।कुनै पनि विषय सुरुमा पढ्दा बुझ्न गाह्रो हुन सक्छ । त्यसलाई दोहोर्याएर पढ्ने र मुख्य–मुख्य बुँदाहरू टिपेर राख्ने । सकिन्छ भने छोटकरीमा सांकेतिक शब्द बनाउने, जसले गर्दा सम्झिन सकियोस् ।दोस्रोमा जुन विषय पढेको हो, त्यसमा आफैले प्रश्न बनाउने र त्यसमा आफैले फेरि उत्तर दिन प्रयास गर्ने र लेखेर पढेमा र उत्तर दिने बानी गरेमा झनै सम्झिन सजिलो हुन्छ । उत्तर दिने बेलामा मुख्य–मुख्य बुँदा सम्झेर दिएमा सम्झिन सजिलो हुन्छ । जुन विषय पढेको हो, त्यसलाई राम्रोसँग बुझेपछि मात्रै अर्को विषयमा प्रवेश गर्नुपर्छ ।आफूले आफूलाई नै जाँच गर्ने । जे विषय पढ्न सकियो अन्त्यमा त्यस विषयको मुख्य बुँदालाई सम्झेर के–के राम्रोसँग बुझ्यो भनेर एकपछि अर्को सम्झिँदै जाने अथवा त्यसलाई लिखित रूपमा टिपेर राख्नाले स्मरण–शक्ति लामो समयसम्म रहिरहने हुन्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल