Techie IT
×
गृहपृष्ठस्वास्थ्यहिड्नु पनि व्यायाम हो !

हिड्नु पनि व्यायाम हो !


व्यायाम भन्ने बित्तिकै धेरैले बडो मेहनतका साथ जिमखानामा गर्ने शारीरिक क्रियालाई बुझ्दछन् ।

अझ दौड र हिडाईंमा कुन लाभदायी छ भन्यो भने दौड राम्रो भन्नेहरु भेटिन्छन् । तर त्यसो होइन हिडाईं पनि व्यायाम हो र यसले दौड बराबरकै लाभ दिन्छ ।

अमेरिकन हर्ट एसोसिएसनको पत्रिका आर्टरियोस्क्लेरोसिस थ्रोम्बोसिस एन्ड भास्कुलर बायोलजीमा प्रकाशित अध्ययन अनुसार औसत गतिले हिँड्दा समेत उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको खतरा कम गर्न त्यति नै प्रभावकारी हुन्छ, जति तीव्र गतिको दौडले गर्दछ ।

अध्ययन अनुसार, औसत गतिमा हिँडनु र तीव्र गतिमा दौडिनुमा समान ऊर्जा खर्च हुने हुदाँ यी दुवै गतिविधि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मुटुको रोगको जोखिम न्यून गर्न समान प्रभावकारी रहेको छ । अर्थात हिँड्नु र दौडिनुमा एउटै किसिमको स्वास्थ्य लाभ पाइन्छ । किनभने यी दुवै गतिविधिमा एउटै समूहको मांसपेसी उपयोग हुन्छ ।


क्याटेगोरी : स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार