गृहपृष्ठ ∕ स्वास्थ्य ∕ बिहान उठेपछि नियमित गर्नुहोस् यी तीन काम, शरीरलाई फाइदै फाइदा बिहान उठेपछि नियमित गर्नुहोस् यी तीन काम, शरीरलाई फाइदै फाइदा दीप संञ्चार असोज ६, २०७८ गते ६:१९ मा प्रकाशित काठमाडौँ –बिहान सबेरै उठेर नित्यकर्म गर्नु मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । शास्त्रमा भनिएका तथा उल्लेख गरिएका संस्कार पछिल्लो पुस्ताले बेवास्ता गरेपनि त्यसले मानव स्वास्थ्यमा असर पुर्याइएको हुन्छ ।मानिसहरु ढिलो सम्म जागै बस्ने र बिहान ढिला सम्म सुत्ने चलन बढी छ । तर, यसले स्वास्थ्यमा गम्भीर असर पारिरहेकोतर्फ पनि सचेत हुनुपर्छ । खासमा सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ ।उठ्ने वित्तिकै तामाको भाँडाको पानी पिउँदा उत्तमसूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । बिहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यति मात्र होइन सवेरै पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो त्वचा पनि राम्रो बनाउँछ । बिहानमा तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।हत्केलाको दर्शनबिहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्छ भनेर ऋषिमुनीहरुले भनेका छन् । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । बिहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।योग ध्यान तथा योगाभ्यासबिहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । बिहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । बिहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । बिहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।शास्त्रले बिहान ढिला उठ्दा धेरै कुरा नकारात्मक हुन्छ । अरु उठ्नु अघि नै उठेर आफ्ना नित्य कर्म गर्ने ब्यक्तिलाई दिनभरी सकारात्मक विचार आउने र उर्जा कायम रहने शास्त्रमा उल्लेख छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युकोरोनाको भयावह अवस्था : परीक्षण गरेकामध्ये आधामा संक्रमणतपाई योग गर्ने कि जिम जाने ?आज विश्व मुटु दिवस, यसरी बच्न सकिन्छ मुटुरोगबाट धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’ यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ? बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग