Techie IT
×
गृहपृष्ठस्वास्थ्यरातिमा भुलेर पनि नखानुस यी १० खानाहरू

रातिमा भुलेर पनि नखानुस यी १० खानाहरू


हामी सबैले रातिमा खाने खाना के खाने र के नखाने भन्ने कुरा जान्न एकदमै जरुरि छ।

खाना खाने कुरामा मानिसहरुको आ-आफ्नै बानि हुन्छन् । कतिपय मानिसलाई साँझ नपर्दै खान मन पर्छ भने कतिलाई राति ढिलो खान मन लाग्छ । शरीरमा पनि यो बानिको असर परिरहेको हुन्छ । रातिमा खाएको खानाको असर निद्रामा समेत पर्छ ।

रातिमा सुत्नु अघि खाना खानु राम्रो कुरा होइन । यसको नकारात्मक असरले तपाइँलाई गहिरो निद्रा नपर्ने समस्या हुन्छ ।

आयुर्वेदमा सुत्नु भन्दा २ घण्टा अघि नै खाना खाइसकेको हुनु पर्ने उल्लेख छ । खाना खाने वित्तिकै सुत्ने बानिले मोटोपन बढाउँछ । त्यतिमात्र होइन यसले गर्दा पाँचन प्रणालीमा समेत असर गर्छ ।

यहाँ रातिको समयमा खान नहुने १० खानाको चर्चा गरिएको छ ।

पास्ताः पास्ता निक्कै छिट्टो तयार हुने ब्यञ्जन मध्ये एक हो । मानिसहरु सजिलो हुने भएका कारण रातिमा पास्ता बनाएर खान्छन् । तर यसमा हुने अत्याधिक कार्वोहाइड्रेटको मात्राले शरीरमा पाचन प्रणालीमा असर पर्छ । रातिमा गरिने आरामको समयमा सहजै नपच्ने तत्व हुने हुँदा पास्ता रातिमा खानु राम्रो हुँदैन । यसले एसिडिटी बढाउन सक्छ ।

मसलेदार खानाः रातिको समयमा मसलेदार खाना उपयुक्त हुँदैन । यसले शरीरमा पित्तको मात्रा बढाउँछ । मरिच र अन्य यस्तै मसला भने स्वास्थ्यका लागि राम्रै मानिन्छन् । तर अत्याधिक मसलेदार खाना रातिमा परहेज गर्नु नै उपयुक्त हुन्छ ।

मिठाइः रातिको समयमा मिठाइ खानु पनि राम्रो होइन । यसले दाँतमा असर गर्छ र मोटो पन पनि बढाउँछ । शरीरमा नकारात्मक प्रभाव पनि पर्छ ।

चाउचाउ वा चाउमिनः चाउचाउ वा चाउमिन पनि हाइ क्यालोरी हुने खाने कुरा हुन् । तसर्थ रातिको समयमा चाउचाउ र चाउमिन खानु राम्रो हुँदैन ।

चाउचाउ वा चाउमिनः चाउचाउ वा चाउमिन पनि हाइ क्यालोरी हुने खाने कुरा हुन् । तसर्थ रातिको समयमा चाउचाउ र चाउमिन खानु राम्रो हुँदैन । सुत्नु अघि चाउचाउ र चाउमिन जस्ता खानेकुरा खाँधा पेटमा अनेक समस्या आउन सक्छ । तसर्थ सुत्नु अघि यी खानेकुरा नखानुस् ।

मासु माछाः रातिको समयमा अत्याधिक मात्रमा माछा मासुको सेवन गर्नु राम्रो होइन् । यसो गर्दा शरीरमा प्रोटिनको मात्रा एकै पटक बढ्ने र आराम लिने समयमा पेटमा समस्या हुँदा सुत्न अहसज हुने हुन्छ ।

काउली र प्याजः काउली वा प्याज अत्याधिक मात्रामा रेसादार खानेकुरा हुन् । बन्दाकोभी पनि रेसादार हुन्छ । तसर्थ अत्याधिक रेशादार यस्ता खानेकुरा सेवन गर्नु हुँदैन । यस्ता खानाले पनि पेट फुल्ने समस्या हुन सक्छ ।

पनिर वर्गरः पनिर वर्गरमा अत्याधिक मात्रामा चिल्लो पदार्थ हुन्छ । यसले रातिको खाना अघि यो खानु उपयुक्त हुँदैन । रातिको समयमा पच्न गाह्रो हुने पनिर वर्गर पनि खानु उपयुक्त हुँदैन । यसले पनि पेट सम्बन्धि समस्या ल्याउन सक्छ ।

चिप्सः चिप्स जस्ता मसलेदार र तारेका खानेकुरा पनि रातिमा खानु उपयुक्त हुँदैन । यसमा मोनोसोडियम ग्लूटाडियम ग्लूटामेट हुने हुँदा रातिमा खाँदा निद नलाग्ने र अन्य समस्या आउन सक्छ ।

चकलेटः सुत्नु अघि डार्क चकलेट खानु हुँदैन । डार्क चकलेटमा क्याफिन र अन्य घातक तत्वहरु हुन्छन् । यसले मुटुको समस्या बढाउँछ र निद्रा नलाग्ने समस्या हुन्छ ।

पिज्जाः पिज्जा पनि रातिको समयमा खान नहुने खानमा पर्छ । यो पनि पचाउन मुस्किल हुने खाना हो र विश्रामको समयमा खान हुँदैन । यसले पाचन प्रणालिमै असर गर्न सक्छ ।


क्याटेगोरी : स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार