Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित

कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित


दोहा – कार्ड्स अर्गनाईजेशन कतारको गत शुक्रबार कतारमा सम्पन्न दोस्रो अधिवेशनबाट कतारका समाज सेवी एवं यूवा व्याससायी कृष्ण पन्थी अध्यक्षमा र अर्का सामाजिक अभियन्ता डिल्लीराम भट्टराई महासचिवमा निर्विरोध निर्वाचित भएका छन्।

विदेशमा छरिएर रहेको स-साना लगानीलाई एकीकृत गर्दै नेपालमा लगानी गर्ने र त्यसबाट बिदेशमा पसिना चुहाउन विवश नेपाली साथै नेपालको पनि आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको “उर्जाशील कार्ययोजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) को उक्त भेलाले पन्थीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कतार स्थित नेपाली राजदूतावासका दित्तीय सचिव प्रविण भट्टराईको प्रमुख आतिथ्यता एवं कार्ड्स कर्पोरेसन नेपालका अध्यक्ष मिक्की माउस लिम्बु तथा विदेश विभाग प्रमुख मोहन कार्कीको विशेष उपस्थितिमा दोश्रो अधिवेशन सम्पन्न भएको थियो ।

उक्त अर्गनाईजेशनको दोश्रो अधिवेशन तयारी समितिका संयोजक कृष्ण पन्थीको सभापतित्व रहेको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजाराम शाही, उपाध्यक्षमा मोहम्मद अयुब शेष, महिला उपाध्यक्षमा नानु घले, महासचिवमा डिल्लीराम भट्टराई, प्रथम सचिवमा सुरज कुँवर, द्वित्तीय सचिवमा रोशन बि. क., कोषाध्यक्षमा नर बहादुर थापा, सहकोषाध्यक्षमा राम कुमार राईलाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

अधिवेशनले सदस्यहरुमा रमेश थापा, चन्द्र बहादुर फुलेल, बासुदेब पाण्डेय, रमेश पुरी, बिष्णु बहादुर शाही, अब्दुल खालिक, अम्बर राई, तेज बहादुर बुढाथोकी, प्रदीप राई, गणेश परियार, बिष्णु अधिकारी, अनिश घिमिरे र भुपराज दुबेलाई चयन गरिएको थियो भने र बाँकी सदस्यहरु पूर्ण समावेशी सिद्धान्तका आधारमा कार्यसमितिले ममनोनित गर्ने निर्वाचन समिति संयोजक केबि हमालले जानकारी दिए।

भर्चुअल कार्यक्रमका प्रमुखअतिथि नेपाली राजदुताबास कतारका दित्तीय सचिव प्रविण भट्टराईले शुभकामना मन्तव्य दिदै संस्थाको उद्धेश्य राम्रो रहेको र व्यवसायीक पाटोमा कानुनअनुसार संस्थालाई आवस्यक हुने जस्तोसुकै सहयोग गर्न राजदुतावास तयार रहेको प्रतिवद्धता व्यक्त गरे। कतारमा स्थापित गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषद लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले संस्थाले पारदर्शी र दिर्घकालिन सफलता प्राप्त गर्न सकोस भन्ने अपेक्षा सहित शुभकमना संदेश व्यक्त गर्दै संस्थालाई आवश्यक सहयोग तथा सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्तगरे।

अन्तमा कार्यक्रमको समापन गर्दै सभापति कृष्ण पन्थीले कार्ड्सले नेपालमा हाल कृषकहरुले भोग्न परेको समस्या लाई अन्त्य गर्नको लागि नेपाल सरकार संग पहल गर्ने र यदि कुनै पनि परिस्थितिमा सरकारले कृषि सम्बन्धि बस्तुहरुलाई बजार व्यवस्थापन गर्नको लागि जिम्मा दिन्छ भने आफुहरु त्यस कार्यमा कहिल्यै पछि नहट्ने जानकारी गराउंदै उपस्थित सम्पूर्ण प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिज्यूहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

डिल्लीराम भट्टराईको संचालन तथा कार्डस कार्पोरेसन नेपालका लेखासमिति संयोजक बिमल घलेको स्वागतबाट कार्यक्रम शुरुवात गरिएको थियो।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #Cards, #hot

तपाईको प्रतिक्रिया दिनुहोस