Techie IT
×
गृहपृष्ठग्लोबलगल्फआइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित)

आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित)


युएइ – एनआरएनए  युएइका अध्यक्ष प्रकाश कोइरालाले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी ) को निर्देशन बमोजिम आफुले काठमाडौँमा संयुक्त खाता खोलेको खुलासा गरेका छन्।

अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासांग शेर्पाले युएइमा अलपत्र परेका नेपाली कामदारहरुलाई उद्धार तथा नेपाल फिर्ता गर्न आइएलओबाट प्राप्त लाखौं रकम एउटा बैंकमा राखेको खुले पछि शुक्रबार एनआरएन  युएइको कार्य समितिको बैठक बसेको थियो ।

बैठकमा बोल्दै अध्यक्ष कोइरालाले आफुहरुले केवल केन्द्रको निर्देशन पालना गरेको र कुनै अनियमितता  नगरेको दावी गरेका थिए (हेर्नोस् भिडियो) । उनले उक्त निर्णयको आफुले जिम्मा लिने तर उपाध्यक्ष पासांग शेर्पालाई कुनै कारवाही नगर्न आग्रह गरेका थिए ।

अध्यक्ष कोइराला तथा उपाध्यक्ष शेर्पाको नाममा काठमाडौँस्थित माछापुच्छ्रे बैंकमा संयुक्त खाता खोलिएको पाइएको छ।  उक्त खातामा ८० हजार डलर (झन्डै ९२ लाख रुपियाँ) रहेको बताइएको छ।

एनआरएन युएइका महासचिव निश्चल दाहालले शनिबार एक विज्ञप्ति प्रकाशित गरी छानबिन समितिको निर्णय न आउन्जेल सम्म अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासांग शेर्पा कार्यसमितिमा निस्क्रिय रही छानबिन समितिलाई सहयोग गर्ने निर्णय भएको जनाएका छन्। कार्यसमितिको निर्णय उपर उपाध्यक्ष शेर्पाले ‘नोट अफ डिसेन्ट’ लेखेको तर उनले छानबिन समितिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ।

गत शुक्रबार गैरआवासीय नेपाली संघ केन्द्रिय कार्यालयले एनआरएन युएइ प्रकरणबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

संघका कार्यकारी निर्देशक राजेश शमशेर राणाद्वारा जारी विज्ञप्तिमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाइएको छ। समितिका सदस्यहरुमा भुवानी प्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरि, लक्ष्मण खनाल तथा महेश मोक्तान रहेका छन्।  छानबिन समितिका सबै सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलहरुका युएइस्थित भ्रातृसंस्थाहरुसंग आबद्ध छन्।

शुक्रबार बसेको एनआरएन युएइको आकस्मिक बैठकमा उपाध्यक्ष केसी,  एनआरएन मध्यपूर्व संयोजक प्रवीण गुरुङ, उपसंयोजक मनोज गोर्खाली लगायतको उपस्थिति थियो।

यसअघि मध्यपूर्व संयोजक गुरुङ तथा उपसंयोजक गोर्खालीले छुट्टाछुट्टै विज्ञप्ति निकाली आइएलओको सहयोगमा संचालित परियोजनाको काम कारवाहीबारे आफुहरुलाई कुनै जानकारी नदिइएको र आफूहरुसँग कुनै परामर्श समेत नगरिएको जनाएका थिए ।

उनीहरुले कुनै पनि आर्थिक अनियमितता, अपारदर्शीता  र भ्रष्टाचार जस्तो गंभीर आरोप लागेका राष्ट्रिय समन्वय परिषदहरुबारे निष्पक्ष ढंगले छानबिन गरी दोषीउपर कडा भन्दा कडा कारवाहीको माग पनि गरेका छन् ।

छानबिन समितिको निकटता: 

संयोजक – राजु केसी : नेपाली जनसम्पर्क कार्यसमिति समिति – यूएई
सदस्य    –  भुवानी प्रसाद तिमल्सिना : सभापति नेपाली जनसम्पर्क समिति – यूएई
सदस्य    –  बाबुराम बिव्श्वकर्मा : अध्यक्ष प्रवासी नेपाली एकता मंच यूएई(प्रचण्ड-नेपाल समूह)
सदस्य    –  महेश गिरि : अध्यक्ष प्रवासी नेपाली एकता मंच यूएई (ओलीसमुह)
सदस्य    –  लक्ष्मण खनाल : अध्यक्ष पत्रकार महासंघ यूएई शाखा (पूर्व मावबादी भए पनि अहिले तटस्थ)
सदस्य    –  महेश मोक्तान : अध्यक्ष जनजाति महासंघ यूएई

निलम्बित पाशाङ्ग संघिय समाज बादी फोरम निकट हुन्।  पाशाङ्गले यूएईमा रेष्टुरेन्ट व्यवसाय संचालन गर्ने गरेको र राम्रो व्यवसाय गरेको हुँदा शेर्पालाई भरपूर दुरुपयोग गरेको स्रोतले दाबि गरेको छ।  स्रोतका अनुसार पाशाङ्गले आर्थिक अनियमितालाई साथ नदिदा पनि यो घटना बाहिर आउन सघाउ पुगेको हो । स्रोत थप्छ, “यो मेरो अफ द रेकर्ड हो, ढुक्क हुनुहोस्, यथार्थ छ्निबिन पछि यो पनि बाहिर आउनेछ।”




क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस