Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्न

कार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्न


युएई – युएईमा श्रमशिल झापालिहरुको संस्था झापाली समाज युएईको तेश्रो अधिवेशन अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको प्रमुख आथित्यमा प्रविधिको प्रयोग गर्दै भर्चुअल मिटिङद्वारा गत शुक्रबार  सम्पन्न भएको छ ।

प्रमुख अतिथिको आशनबाट बोल्दै सुब्बाले झापाली समाज युएई र अन्तर्राष्ट्रिय झापाली समाजबीचको सम्बन्ध र सहकार्यको विगतको इतिहासलाई यो समितिले अझ नयाँ उचाईमा पुर्याउने विस्वास गर्दै झापा र झापालीको मात्रै नभएर नेपाल र नेपालीहरुको सुखदुःखको सारथि झापाली समाज युएई बन्न सकोस भन्ने सदिच्छा समेत प्रकट गरेका थिए ।

अधिवेशनमा अध्यक्ष अशोक चापागाईंले आफ्नो कार्यकालमा १३ लाख रुपैयाँको असहाय बालबालिका अक्षयकोस र १० लाख रुपैयाँको आजीवन सदस्य अक्षयकोस नेपालमा जम्मा गर्न सफल भएको बताए । यसैगरी कोसाध्यक्ष भरत बुढाथोकीले समाजको मुलकोस २६ लाख रुपैयाँ बराबरको भएको बताउदै उक्त कोष मार्फत नेपालको सामाजिक, शैक्षिक तथा आफ्ना आजीवन सदस्यहरुको दु:खमा सहयोगकोलागी उपयोग गर्दै आएको बताए । अधिवेशनमा निवर्तमान महासचिव अमरराज राईले झापाली समाज युएईले विगत २०१५ देखि हालसम्म सम्पन्न गरेका महत्त्वपूर्ण ७२ वटा सामाजिक, आर्थिक, कानुनी र भौतिक सहयोगहरुको विवरण प्रस्तुत गरेका थिए ।

आज सम्पन्न अधिवेशनले दुर्योधन कार्कीलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेकोछ । युएईमा नेपाली समुदाय बिच परिचित सामाजिक अभियन्ता कार्की एनआरएनए युएईको अबुधाबी क्षेत्रका पुर्वअध्यक्ष समेत हुन । कार्की भद्रपुर नगरपालिका -९, झापाका स्थायी बासिन्दा हुन् । यसै गरि नव निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा खगेन्द्र बुढाथोकी, द्वितीय उपाध्यक्षमा कृष्ण फुयाल, महिला उपाध्यक्षमा विश्नुमाया दंगाल, महासचिवमा दिनेश नेपाल, सचिव द्वयमा लोकनाथ कोइराला र प्रशान्त ताजपुरिया, कोषाध्यक्षमा प्रेमप्रसाद अधिकारी, सह कोषाध्यक्षमा काशीनाथ ढकाल र केन्द्रीय सदस्यमा उज्ज्वल दाहाल र भीमप्रसाद प्याकुरेल निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक मेघराज सापकोटाले बताए।

निवर्तमान अध्यक्ष अशोक चापागाईंको अध्यक्षतामा सम्पन्न अधिवेशनको विषेश अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा मध्यपुर्व संयोजक नवीन पोखरेल, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, एनआरएनए युएईका महासचिव तथा आजिवन सदस्य निश्चल दाहाल रहनु भएको थियो । यसै गरि अन्य अतिथिहरुमा अन्तर्राष्ट्रिय झापाली समाजका सचिव तथा झापाली समाज युएईका संस्थापक एवं परिकल्पनाकार रामप्रसाद ढुंगेल, नेपाल पत्रकार महासंघ युएई शाखा उपाध्यक्ष मेघराज सापकोटा तथा प्रगतिशील नेपाली समाज युएईका अध्यक्ष जीवन दास रहनु भएको थियो ।

अतिथिहरुले मन्तव्यका क्रममा झापाली समाजले युएईको नेपाली सामाजिक जीवनमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रम निवर्तमान महासचिव अमर राईले संचालन गर्नु भएको थियो ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस