गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन् कुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन् जीएनएन पुस ८, २०७७ गते १९:१७ मा प्रकाशित कुवेत – कुवेतस्थित नेपाली राजदूताबासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको निधन भएको छ। रगतको क्यान्सरका कारण ज्ञवालीको शुक्रबार निधन भएको हो।रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि नेपाली श्रम सहचारी ज्ञवालीको पार्थिव शरीर आइतबार नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। कुवेतको जजिरा एयरलाइन्समार्फत् शव पठाइएको हो।२८ वर्षीया ज्ञवाली अर्घाखाँची चिदिकाकी हुन्। अविवाहित ज्ञवाली लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन्। तर, अघिल्लो बुधबारदेखि ज्ञवालीको अवस्था निकै गम्भीर भएको थियो।स्वास्थ्यमा सुधार नभएपछि शुरुमा ज्ञवालीले नेपाली दूताबास नजिकै रहेको मुभारक अल काबीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गराएकी थिइन्। परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि उनलाई राहत भएन।त्यसपछि उनलाई मुवारक अस्पतालले शेख अल वर्दिस क्यान्सर अस्पतालमा रिफर गरेर पठायो। कुवेतमा उनलाई भेट्न गएका दाइ निरञ्जन ज्ञवाली र दिदी सपना ज्ञवालीसहित परिवारका सदस्य भए पनि उनको बसाइ एक्लै थियोे।तीन महिनाअघि उनीसँगै कुवेत गएकी उनकी आमा गत शुक्रबार बिहान मात्र नेपाल फर्केकी हुन्। छोरीको आइसियूमा भर्ना भए पनि उपचारमा अपेक्षित सफलता नभएपछि आमा पनि बस्न नसकेर नेपाल फर्केकी थिइन्।आमा नेपाल फर्केकै समय ज्ञवालीको निधन भएको हो। लकडाउनको समयमा भएको प्रतिस्पर्धामा श्रम सहचारीमा छनोट भएकी ज्ञवाली तत्कालीन श्रम सहचारी ज्ञानेन्द्र शर्मा नेपाल फर्केको दिन नै कार्यस्थल कुवेत आएकी थिइन्।श्रम सहचारी ज्ञवालीको निधनप्रति राजदूतावासले दुःख व्यक्त गरेको छ। राजदूत दुर्गाप्रसाद भण्डारीले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको बताउँदै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन्।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना…आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित)तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदानभ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित,… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ४विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य