जागौं नेपाल राष्ट्रिय अभियान कतार गठन, संयोजकमा रानामगर
दोहा (जिएनएन) – विभिन्न उदेश्यले विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपालीहरुकाे पहल र सहभागीतामा जागाैँ नेपाल राष्ट्रिय अभियानले प्रवासका विभिन्न देशहरूमा समिति गठन गरी आफ्नो अभियानलाई तिब्रता दिएको छ ।
यसै क्रममा गत शनिवार कतारमा पनि मन प्रसाद रानामगरको संयोजकत्त्वमा ९ सदस्यीय समिति घोषणा गरेको छ। जस्को सह-संयोजकमा डिल्लिराम भट्टराई र चिन्तामणि पौडेललाई चयन गरिएको छ, भने समितिको सचिव रामजी खत्री, कोषाध्यक्ष सागर पौडेल र सदस्यहरूमा शुवास श्रेष्ठ, जमुना मानन्धर श्रेष्ठ, नवीन रेग्मी र सूर्य गिरीलाई चयन गरिएको छ।
प्रवास केन्द्रिय संयोजक सन्तोष तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भर्चुअल घोषणा सभाको प्रमुख अतिथि जागौं नेपाल राष्ट्रिय अभियानका केन्द्रिय संयोजक अभियन्ता दिपक आचार्य रहेका थिए। भने सभाको विशेष अतिथि एवं अतिथिहरूमा जागौं नेपाल राष्ट्रिय अभियानका केन्द्रिय सह-संयोजक, प्रवक्ता अभियन्ता शिव बस्ताकोटी (शिव दाइ), लमजुङ सेवा समाज दोहा कतारका अध्यक्ष नवराज नखौला, स्याङ्जा सेवा समाजका दोहा कतारका अध्यक्ष अजमत अलि, जागौं नेपाल युरोपका संयोजक शक्ति भट्टराई, जागौ नेपाल प्रवास सह-संयोजक भोजराज बारुद, साईप्रस संयोजक शुसिला चुडाल, मलेसिया शाखाका सह-संयोजक भुवन गौतम, दुवई शाखाका संयोजक रमेश बिसुन्के लगायत विश्वका विभिन्न देशहरूबाट सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियोे।
नव गठित समितिलाई बधाई एवं शुभकामना दिदैं प्रमुख अतिथि आचार्यले आफ्नो नैतिकता, इमानदारिता, निष्ठावान भएर जागौं नेपाल राष्ट्रियको यो पवित्र अभियानमा नागेका सम्पूर्ण अभियान्ताहरुलाई जागौं नेपालको उद्देश्य, मर्म, धारणका आधारमा अगाडी बढ्न अनुरोध गरेका थिए । आचार्यले प्रवासमा रहेका हरेक नेपालीहरुले भोग्नुपरेका दु:ख पिडालाई त्यहाँ रहेका राजदुतावास सङ्ग समन्वय गरि नेपाल सरकारको श्रम मन्त्रालय सम्म पुराएर समस्याको सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
त्यस्तै सभाध्यक्ष तिमल्सिनाले कार्यसमितिलाई बधाई दिदै कतारको यो समितिले नयाँ जोस, जाँगर र इमानदारिताका साथ काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै भने, ‘दोहामा विभिन्न सामाजिक संस्थामा आवद्ध अत्यन्तै बौद्धिक र सामाजिक अग्रज व्यक्तित्वहरु जागौं नेपालको यो अभियानमा रहेर काम गर्न पाउँदा अत्यन्तै हर्सित महशुस गरेको छु।’
मन्तव्यकै क्रममा केन्द्रिय सह-संयोजक एवं प्रवक्ता शिव बस्ताकोटीले शुभकामना संगै जागौं नेपाल कसरी र किन जन्मियो र यसले आगामी दिनमा गर्ने कार्ययोजनाहरुको विष्तृत जानकारी गराएका थिए।
राष्ट्रिय गानबाट सुभारम्भ भएको सभामा कलाकार महेस तामाङले जागौं नेपाल राष्ट्रिय अभियानको गीत गाएर उपस्थित सबैलाई मन्त्रमुक्त बनाएका थिए भने स्वागत मन्तव्य प्रवास सह-संयोजक भोजराज न्यौपानेले गरेका थिए। प्रवास सचीव सरस्वती खनाल र डिल्लीराम भट्टराईले प्राविधिक सहजीकरण गरेको सभाको सहजीकरण प्रवास प्रवक्ता अग्निधर देवकोटाले गरेका थिए।
उक्त कार्यक्रममा प्रवास सचीव सरस्वती खनाल, प्रवास प्रवक्ता अग्निधर देवकोटा, युरोप संयोजक शक्ति भट्टराई, युएई संयोजक रमेश बिसुन्के, साइप्रस संयोजक सुशीला उप्रेती, मलेसिया सह-संयोजक भुवन गौतम, स्याङ्जा सेवा समाजका अध्यक्ष अजमत अलि, लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखौला लगायत वक्ताहरूले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै एकता र सहजीकरणको प्रतीकका रूपमा यस अभियानले काम गर्नु पर्नेमा जोड दिएका थिए।
क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस