गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए तिलु शर्मा पौडेल भदौ २१, २०७७ गते २०:०० मा प्रकाशित दोहा – कोरोना भाइरसका कारण नेपालमै रोकिएका केही कामदारहरू कतार प्रवेश गरेका छन् ।गएको मार्च ९ तारिखमा नेपालबाट कतार प्रवेश गर्न कतार एयरवेजले रोक लगाएसँगै बन्द रहेका उडानहरू कतारबाट नेपालतर्फ चार्टर उडानको रूपमा सञ्चालित रहे पनि नेपालबाट कामदार कतार प्रवेश गरेको यो पहिलो पटक हो ।झन्डै ६ महिनामा पहिलो पटक नुवाकोटका उत्तम भण्डारी सहित ७ जना कामदारहरू कतार आएका हुन् । कम्पनिले कतार ईन्ट्री पर्मिट निकालीदिएपछि चिने जानेको म्यानपावरको साथीमार्फत टिकट र पिसिआर परीक्षणको रिपोर्ट लिएर उनीहरू कतारमा अवतरण गरेका हुन् । भण्डारीका अनुसार नेपालको लकडाउनको अन्त्य भएसँगै नेपालीहरूले कतारमा सहजै प्रवेश पाउने विश्वास व्यक्त गरेका छन् ।कस्तो छ कतार एयरपोर्टमा व्यवस्था ?हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण पश्चात् सातै जनाको मोबाइलमा ऐतराज एप डाउनलोड गरी स्वास्थ्य चेकजाँच गरी एप्लिकेशनमा पहेँलो (होम क्वारेन्टाइन) चिन्हमा परिणत गरिएको छ भने उनीहरूलाई होटेलको क्वारेन्टाइनमा राखिएको छ।कतारको सरकारी अस्पतालबाट खटिएका डाक्टरहरूले कोरोनाको पिसिआर परीक्षण गरी नेगेटिभ रिजल्ट आए एतराजमा हरियो सूचक चिन्ह आएपछि नियमित कार्यमा फर्कन अनुमति दिइने छ भने पोजेटिभ भेटिएमा थप क्वारेन्टाइनमा राखिने सरकारको प्रावधान रहेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई…पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना…आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित)तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ७एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ८१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ताजा अपडेट ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार