गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारबाट हिमालयन तथा युएईबाट नेपाल एयरलाइन्सका उडान स्थगित कतारबाट हिमालयन तथा युएईबाट नेपाल एयरलाइन्सका उडान स्थगित तिलु शर्मा पौडेल भदौ १, २०७७ गते १९:१५ मा प्रकाशित दोहा – कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न विश्वबाट नेपालमा सहजीकरण उडानहरू भई रहेका छन् ।उक्त उडानहरू नेपाल तथा हिमालयन एयरलाइन्सले गरिरहेको भए पनि कतारबाट आज राति हुने तय भएको हिमालयन एयरलाइन्सको उडान अनिश्चित कालका लागि स्थगित गरिएको छ ।कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको पत्र बमोजिम अर्को सूचना जारी नभए सम्मका लागि उडान स्थगित गरिएको नेपाली राजदूतावास दोहा कतारका द्वित्तीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् । उडान स्थगनसँगै टिकट लिएका यात्रुहरू अन्योलमा परेका छन् ।त्यस्तै भोलि युएईदेखि तय भएको नेपाल एयरलाइन्सको उडान पनि विविध कारणले स्थगित भएको जनाइएको छ । कतारबाट भोलि राति नेपाल एयरलाइन्सले उडान भर्ने सम्भावना रहेको छ ।मध्यपूर्वका खाडी राष्ट्रमा कोरोनाका कारण जागिर गुमाउने नेपालीहरूको सङ्ख्या दिन प्रतिदिन बढी रहेको छ । दोहाबाट नेपाल तथा हिमालयनले ३० पटक तथा कतार एयरवेजले पाँच पटक उद्धार उडान गरी सकेका छन् ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप