Techie IT
×
गृहपृष्ठग्लोबलगल्फ२६ औं विश्व आदिवासी दिवसको अवसरमा जनजाति माहासंघ कतारले जुम मार्फत अन्तरक्रिया कार्यक्रम गर्ने

२६ औं विश्व आदिवासी दिवसको अवसरमा जनजाति माहासंघ कतारले जुम मार्फत अन्तरक्रिया कार्यक्रम गर्ने


कतार – नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले यस पटकको २६ औं विश्व आदिवासी दिवस जुम मार्फत एक कार्यक्रम आयोजना गरी मनाउने भएको छ । जनजाति महासंघ कतारको जुम मार्फत बसेको बैठकबाट एक अन्तरक्रिया कार्यक्रम भर्चुअल गरिने भन्ने निर्णय भएको हो ।

आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष शिव भुजेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख सल्लाहकार, विशेष सल्लाहकार, संस्थापक तथा सल्लाहकार सदस्य तथा संघिय सचिवालय सदस्यहरुको बैठकमा सहभागिता रहेको थियो ।

विगतका वर्षहरूमा महासंघ कतारले सम्पूर्ण मातृसंस्थाहरुको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम र शुभकामना कार्यक्रम दोहामा स्थापित संघसंस्थाहरुको सहभागितामा भव्य रुपमा आयोजना गर्दै आईरहेको थियो । यस बर्ष कोभिड–१९ को विश्व व्यापि महामारि र मानव जगतमा यस्ले पारिरहेको प्रभावलाई र कतारमा कतार सरकारद्वारा घोषित गर्न/नगराउन भनिएका बिषयहरुलाई मध्यनजर गर्दै आदिवासी जनजाति महासंघ संघीय सचिवालयको जुम बैठकले जुम मार्फत अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो ।

यस वर्षको २६ औं विश्व आदिवासी दिवस आगामी ७ अगष्ट, २०२० शुक्रवारका दिन कतारको समय १ बजेबाट जुम भर्चुअल मार्फत गरिने र २६ औं विश्व आदिवासी दिवसको प्रमुख अतिथि (प्रमुख वक्ता) नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् अध्यक्ष जगत बराम रहनु हुने छ भने अन्य अतिथी वक्ताहरुमा क्रमशः आदिवासी जनजाति महासंघ कतार प्रमुख सल्लाहकार देवराज राई, प्रवासी नेपाली एकाता मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतारका का.वा. सभापति शंकर न्यौपाने र नेपाली समाज कतारका अध्यक्ष हिराधन राई रहनु हुनेछ ।

दीप संचार मिडिया, मुग्लानी खबर र एस टि मिडिया गरि तिन वटा मिडिया पार्टनर रहेको यस अन्तरक्रिया कार्यक्रम दीप संचार मिडिया को फेसबुक पेज बाट प्रत्यक्ष प्रसारण गरिने महासंघ कतारका अध्यक्ष शिभ भुजेलले जानकारी दिएका छन्

यस बर्षको २६ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति महासंघले “पहिचान सहितको संघीयता र स्वात्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस । स्वनिर्णित विकाश तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६ औं विश्व आदिवासी दिवस ।।” नारा सार्वजनिक गरिसकेको र विगत सरह महासंघ कतारको २६ औं आदिवासी दिवसको व्यानरमा यहि नारा रहने भएको हुँदा यस अन्तरक्रिया कार्यक्रमको बिषय समेत नारालाई नै लिईएको छ भने उक्त कार्यक्रममा प्रमुख वक्ता लयागत अतिथि वक्ताहरुले यसै बिषयमा प्रस्तुति रहने कार्यक्रम छ ।

कार्यक्रममा अन्तरक्रिया समापन सँगै महासंघ कतारमा आबद्ध १५ वटा जातिय संस्थाहरुबाट २६ औं विश्व आदिवासी दिवसको शुभकामना मनतव्य राख्दै कार्यक्रमको तयारि गरिने भएको जानकारि संस्थाका महासचिव सागर तुम्बाहम्फे लिम्बुले दिए ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस