Techie IT
×
गृहपृष्ठग्लोबलगल्फमध्यपूर्व यूवा संयोजक रेग्मीलाई पितृ शोक, आज १३ औं पुण्य तिथि

मध्यपूर्व यूवा संयोजक रेग्मीलाई पितृ शोक, आज १३ औं पुण्य तिथि

रेग्मी द्वारा स्वर्गीय आत्माको चिर शान्तिको कामना, शोकको घडिमा साथ दिने सबै प्रति आभार व्यक्त


दोहा – गैरआवासीय नेपाली संघ मध्यपूर्व यूवा संयोक राज रेग्मी पितृशोकमा परेका छन्। कतारलाई कर्मथलो बनाएका सफल एवं स्थापित व्यवसायी रेग्मीका बुबा रवि रेग्मीको उपचारका क्रममा गत असाढ ३० गते निधन भएको थियो।

स्वर्गीय रवि रेग्मीको आज परेको १३ औं दिनको पुण्य तिथिका अवसरमा संयोजक रेग्मीले स्वर्गीय बुबाको चिर शान्तिको कामना गर्ने तथा यस दुखद घडीमा विविन्न माध्यमबाट साथ, हौसला र उच्च मनोवलका साथ धैर्यधारण गर्ने शक्ति प्राप्तिका लागि गहिरो समबेदना प्रकट गर्ने सबै प्रति आभार व्यक्त गरेका छन्।

रेग्मीले आजै एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “मेरा प्रातस्मरणिय पिता रवी रेग्मीको असामयिक स्वर्गारोहण भएको १३ औं दिनको पुण्यतिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै यस दु:खद घडीमा हामीप्रति सहानुभूति एवं समवेदना व्यक्त गर्नुहुने आफन्तजन तथा सम्पुर्ण शुभेच्छुकप्रती हार्दिक आभार प्रकट गर्दछु।”

नेपाली व्यवसायी संघ कतारका उपाध्यक्ष तथा नेपाली जनसम्पर्क समिति कतारका सल्लाहकार समेत रहेका रेग्मीको बुबा स्वर्गीय रवि रेग्मी  क्यान्सर रोग बाट पिडित रहेको परिवार श्रोतले जानकारी दिएको छ।  स्वर्गीय रवि रेग्मी बाग्लुङ्ग जिल्लालाई कर्मथलो बनाएर सामजिक नेतृत्व गरिरहेका एक समाज सेवी थिए। स्वर्गीय रवि बाग्लुङ्ग बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका थिए। राष्ट्रियता, लोकतन्त्र र समाजवादका एक निष्ठावान पहरेदारका रूपमा रहेका स्वर्गीय रेग्मी लामो समय शिक्षण पेशामा रही अवकाश प्राप्त गरेका थिए।

यसैविच गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक प्रविण गुरुङ्ग, उप संयोजक द्वय मनोज कुमार श्रेष्ठ गोर्खाली र राजेन्द्र अर्याल जोन एवं मध्यपूर्व महिला संयोजक सुमित्रा देवी पौडेलले संयूक्त विज्ञप्ति जारी गर्दै स्वर्गीय पिताप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस भन्दै समवेदना प्रकट गरेको छ।

नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार विमल सुवेदी, महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, कार्यवाहक अध्यक्ष शंकर तिवारी, महामन्त्री मोहम्मद अजिज अलि, सह महामन्त्री केदार भुषाल र सक्रिय सदस्य ठाकुर प्रसाद परियारले संयूक्त हस्ताक्षर गर्दै नेपाली कांग्रेसले समाजवादका एक सच्चा सिपाही गुमाएर अपुरनिय क्षति व्यहोर्नु परेकोमा दुख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेको छन्। साथै समितिले समितिका सल्लाहकार राज रेग्मी लगाएत शोक संतप्त सम्पूर्ण परिवार जनप्रति गरिरो समवेदना प्रकट गरेको छ।

त्यस्तै नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईं एवं महासचिव रमेश भट्टद्वारा हस्ताक्षर गरी एक शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय रवि रेग्मी प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन्। साथै संघले आफ्ना उपाध्यक्ष राज रेग्मी लगाएत शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ।

यसैगरी विज्ञप्ति जारी गरी मृत आतामको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गर्नेहरूमा  गैरआवासिय नेपाली संघ कतार, बाग्लुङ्ग सेवा सामाज कतार, नेपाली प्रगतिशील मंचका अध्यक्ष चानक पोख्रेल, व्यवसायी संघ कतारका उपाध्यक्ष प्रकाश कोइराला, एनआरएनए आइसीसी सल्लाहकार टीबी कार्की लगाएत विश्वभरबाट विभिन्न संघ संस्था एवं सामाजिक व्यक्तित्वहरू रहेका छन्।

स्वर्गीय रवि रेग्मीका धर्म पत्नी अम्बी रेग्मी, दुई छोराहरू राज रेग्मी र कुमार रेग्मी एवं बुहारीहरू अनु भाट्ट रेग्मी र श्रीष्टि रेग्मी रहेका छन् साथै  ५ महिनाकी एक नातिनी समेत रहेको स्वर्गीय रेविका भतिजा तथा गैर आवासीय नेपाली संघका निर्वाचित आईसीसी सदस्य रमेश भट्टले दीप संचार मिडिया लाई बताएका छन्


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस