गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पोखराका प्रेम गुरुङको कुवेतमा मृत्यु पोखराका प्रेम गुरुङको कुवेतमा मृत्यु दीप संञ्चार असार ३०, २०७७ गते २०:२२ मा प्रकाशित कुवेत -पोखरा घर भई कुवेतमा कार्यरत प्रेम(कुमार) गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।उनको आज जुलाई १४, २०२०-मंगलबारका दिन मृत्यु भएको हो।मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने”कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको आज बिहान मृत्यु भएकोमा हामी धेरै दुखी छौं । आज बिहान करिब ८:०० बजे डिउटी पुगेर सबै संगै बसी खाजा खायौ। त्यस पछी बसेकै कुर्सिमा उहाँ ढल्नु भयो । अनी हामीले एम्बुलेन्स बोलायौं, अस्पताल पुर्याउदा त उहाँको मृत्यु भैसकेको बताइयो।” उनले थपे, “खास प्रेम दाईलाई केही समय देखी प्रेसरको रोगले च्यापेको थियो। उहाँ केही समय देखी झोक्राएर बस्नुहुन्थ्यो, धेरै बोल्नु हुँदैन थियो ।”नेपाली राजदूतावास कुवेतकी दितिय सचिव जानकी ओझाले भनिन्, “प्रेम गुरुङको मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी दूतावासलाई आईसकेको छ। उनको मृत्युको कारण र अन्य विवरण भने आउन बाँकी छ। हामीले मृतकको परिवारसंग समन्वय गरेर कानुनी प्रकृयाका कामहरू अगाडि बढाउन शुरु गरी सकेका छौ।”बिगत १६ वर्ष देखी कुवेतमा काम गर्दै आएका करिब ५१ बर्षिय मृतक प्रेम गुरूङको घरमा श्रीमती र एक छोरा रहेका छन्। क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट