गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईबाट २० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु स्वदेश फर्किए युएईबाट २० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु स्वदेश फर्किए सुर्य बहादुर खवास असार २३, २०७७ गते ५:१३ मा प्रकाशित युएई – कोरोना भाईरसको महामारी सँगै विभिन्न कारणले युएईमा अलपत्र परेका नेपालिहरु मध्ये ३५ सय २ जना नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाली दुतावास अबुधावीका अनुसार गत १५ दिनको अवधिमा उनीहरुलाई उद्दार गरी नेपाल पठाईएको हो ।कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने सरकारको निति अनुसार दुतावासको समन्वय र सहजिकरणमा प्राथमिकताका आधारमा चार्टर्ड उडान मार्फत स्वदेश फर्किएका हुन । गत जुन १९ तारीखबाट शुरु भएको चार्टर उडान जुलाई ५ तारीख आइतबार सम्ममा २० वटा उडान भैसकेको छ । नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअरअरेबियाले चार्टर उडान भरेका छन ।सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार पहिलो चरणमा गर्भवती महिला, कोभिड बाहेका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका, युएइमा लामो समय देखि रोजगारी गुमाएर खान बस्नै समस्या भएका नेपालीहरु नेपाल फर्काइएको दुतावास श्रोतले बताएको छ ।नेपाल सरकारले लामो समय देखि रोजगारी गुमाएका, रोजगारता भागेर समस्यामा परेका र टिकट लिनै नसक्ने अबस्थामा रहेकाहरु लाई नि:शुल्क उद्दार गर्न कार्ययोजना तयार गरिरहेको हुँदा त्यस्ता पीडितहरुलाइ समेत पहिचान गरि स्वदेश फर्काइने दूतावासले जानकारी दिएको छ । क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट