गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईबाट १ हजार ८ सय स्वदेश फर्किए युएईबाट १ हजार ८ सय स्वदेश फर्किए सुर्य बहादुर खवास असार १४, २०७७ गते ४:३४ मा प्रकाशित युएई – कोभिड १९ को कारण अहिले विश्व आक्रान्त छ । यसको असरबाट विदेशमा कार्यरत नेपालिहरु अछुतो छैनन ।अझ महामारीका कारण रोजगारी गुमाउने को सँख्या पनि ठूलै छ । कोभिड १९ को संक्रमण सँग सँगै विभिन्न कारणले समस्यामा परेका नेपालिहरु दुतावासको समन्वय र सहजिकरणमा युएईबाट घर फर्कने क्रम शुरु भैसकेको छ ।दुतावसले जारी गरेको प्रेष विज्ञप्ति अनुसार गत १९ जुन देखि आज २७ जुन सम्ममा निर्धारित ११ वटा चार्टर उडान मार्फत १ हजार ८ सय ८९ जना नेपाली नेपाल फर्किएको साथै यो क्रम जारी रहेको जनाएको छ । चार्टर उडानको तोकिएको भाडा महँगो हुन अझ एयरलाइन्स पिच्छे फरक भाडा डर र तोकिएकै एयरलाइन्स मार्फत जानू पर्ने वाध्यताले जनगुनासो बढिरहेको थियो । तर पछिल्लो समयमा दुतावासको पहलमा केही सहजता आएको छ ।यो सँगै अब पुर्वनिर्धारित चार्टर फ्लाईटहरु नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स, एयर अरेबिया र फ्लाई दुबईका उडानहरुमा अब यात्रुले आफुलाई पायक पर्ने मिति र एयरलाईन्सको टिकट बुक गर्न सक्नेछन्। यसका लागि दूतावासले ४ हजार १ सय १० जना यात्रुको एकीकृत नामावली प्रकाशन गरिसकेको छ ।दुतावसले जारी गरेको अनलाइन फारम भरेर घर फर्कन तयार भएर बसेका बाँकी नेपालीहरुको नाम पछि सार्वजनिक गर्ने बताईएको छ। यसअघि दूतावासले अलग अलग एयरलाईन्सका लागि अलग अलग नामावली प्रकाशन गर्ने गरेको थियो। दूतावासले अप्रिल २८ देखि खुलाएको अनलाइन फारम भर्नेहरुको संख्या ३० हजार नाघिसकेको दूतावासले जनाएको छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्नकार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्नकुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन्संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम