गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईबाट १ हजार ८ सय स्वदेश फर्किए युएईबाट १ हजार ८ सय स्वदेश फर्किए सुर्य बहादुर खवास असार १४, २०७७ गते ४:३४ मा प्रकाशित युएई – कोभिड १९ को कारण अहिले विश्व आक्रान्त छ । यसको असरबाट विदेशमा कार्यरत नेपालिहरु अछुतो छैनन ।अझ महामारीका कारण रोजगारी गुमाउने को सँख्या पनि ठूलै छ । कोभिड १९ को संक्रमण सँग सँगै विभिन्न कारणले समस्यामा परेका नेपालिहरु दुतावासको समन्वय र सहजिकरणमा युएईबाट घर फर्कने क्रम शुरु भैसकेको छ ।दुतावसले जारी गरेको प्रेष विज्ञप्ति अनुसार गत १९ जुन देखि आज २७ जुन सम्ममा निर्धारित ११ वटा चार्टर उडान मार्फत १ हजार ८ सय ८९ जना नेपाली नेपाल फर्किएको साथै यो क्रम जारी रहेको जनाएको छ । चार्टर उडानको तोकिएको भाडा महँगो हुन अझ एयरलाइन्स पिच्छे फरक भाडा डर र तोकिएकै एयरलाइन्स मार्फत जानू पर्ने वाध्यताले जनगुनासो बढिरहेको थियो । तर पछिल्लो समयमा दुतावासको पहलमा केही सहजता आएको छ ।यो सँगै अब पुर्वनिर्धारित चार्टर फ्लाईटहरु नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स, एयर अरेबिया र फ्लाई दुबईका उडानहरुमा अब यात्रुले आफुलाई पायक पर्ने मिति र एयरलाईन्सको टिकट बुक गर्न सक्नेछन्। यसका लागि दूतावासले ४ हजार १ सय १० जना यात्रुको एकीकृत नामावली प्रकाशन गरिसकेको छ ।दुतावसले जारी गरेको अनलाइन फारम भरेर घर फर्कन तयार भएर बसेका बाँकी नेपालीहरुको नाम पछि सार्वजनिक गर्ने बताईएको छ। यसअघि दूतावासले अलग अलग एयरलाईन्सका लागि अलग अलग नामावली प्रकाशन गर्ने गरेको थियो। दूतावासले अप्रिल २८ देखि खुलाएको अनलाइन फारम भर्नेहरुको संख्या ३० हजार नाघिसकेको दूतावासले जनाएको छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप