Techie IT
×
गृहपृष्ठग्लोबलगल्फबहराईनमा पहिलो पटक नेपालको जहाज पुग्यो, १५१ जना स्वदेश फिर्ता

बहराईनमा पहिलो पटक नेपालको जहाज पुग्यो, १५१ जना स्वदेश फिर्ता


बहराईन – कोरोना कहर संगै स्वदेश फिर्ता हुनबाट बन्चित रहेका नेपाली मध्ये १ सय ५१ जना बहराइनबाट स्वदेश फिर्ता भएका छन्। आज नेपाल एयरलाइन्सको जहाज आरए २३७६ ले आज  बहराइनबाट उडान भरेको छ।

उक्त उडान मार्फत कोरोना कहर संगै विभिन्न समस्या संग जुधेर बहराइनमा बसिरहेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्ताको लागि सहजीकरण गरेको हो। जहाज आज बिहान ०१:०५ मा बहराइनबाट काठमाडौं उडेको थियो र ८ : १० बजे काठमाडौं अवतरण गर्नेछ । नेपालको जहाज पहिलो पटक बहराइनको एयरपोर्ट पुगेको हो ।

कोरोनाको त्रासमा कष्टकर समय बिताइरहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई घर फर्काउने नेपाली राजदुतावास बहराइनको यस महान काममा “हाम्रो साथ, आमाको काख“ नामक एक अभियानले सहजीकरण गरेको थियो र यसरी जोडिन पाएकोमा यस अभियानका अभियन्ताहरु अत्यन्त हर्षित थिए ।

एनआरएनए बहराइनकि अध्यक्ष लक्ष्मी गिरीले लामो समय देखि समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन पाउँदा खुशी व्यक्त गर्दै भनिन्, “लकडाउनले प्रभावित हजारौ नेपालीहरु मध्ये बहराइन बाट १५१ जना दाजु भाई तथा दिदीबहिनीहरु लामो पर्खाई पश्चात् आज नेपाल एरलाईन्सको पहिलो उडान मार्फत नेपाल फर्किदै हुनुहुन्छ। यात्रा गर्नु हुने सबै जनाको सफल अनि शुखद यात्रा सहित उज्वल भविष्यको कामना गर्दछु” उनले थपिन, “यो कठिक परिस्थितिमा नेपालि समुदायको पिडामा आफ्नो स्वास्थ्यको कुनै प्रभाह नगरी अहोरात्र खटिएने सम्पूर्ण स्वयंसेवक ज्यूँहरु, नेपाली नियोग, बहराइन सरकार र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने विभिन्न संघ संस्थाहरु प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु।  साथै अझै थप साथ, सहकार्य र जिम्मेवारीपूर्ण कदमको अपेक्षा सहित अनुरोध गर्दछु। “

त्यस्तै मध्यपूर्व संयोजक प्रविण गुरुङले बहराईनको यो उडानलाई सम्बोधन गर्दै खुशी व्यक्त गरेका छन्।  गुरुङले सरकारले चित्त बुझ्दो जिम्मेवारी बहन गर्न नसके पनि सम्मन्वयनकारी भुमिका खेलेको हुँदा सरकार प्रति पनि आभारी रहेको बताउँदै भने, “निरन्तर खटेर आज उडान भर्न सफल भएकोमा एनआरएनए बहराईनकी अध्यक्ष लक्ष्मी जी र उहाँको टिम, कुटनितिक नियोग, बहराइन सरकार, विभिन्न वैचारिक, सामाजिक तथाजातिय संघ संस्था लगाएत अभियानमा खटिने सबै प्रर्ती कृतज्ञ छु।  सबैलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। “

साथै सफल यूवा व्यवसायी तथा मध्यपूर्व यूवासंयोजक राज रेग्मीले पनि बहराइनको यो उडान स्वागत योग्य भएको बताए। रेग्मीले दीप संचार मिडिया संगको कुराकानीका क्रममा टिकट नै काट्न नसक्नेहरुलाई सरकारले तत्काल उद्धार गर्नु पर्नेमा जोड दिदै भने, “यस्का लागि बहराइन स्थिति राजदूतावासले वास्तातिक पिडितको तथ्यांक सहित सरकार संग अपिल गर्नु पर्छ। कुटनीतिक नियोगले एनआरएनए एनसीसीको कोभिड – १९ राहत तथा उद्धार समितिसंग सहकार्य गर्दै सम्पूर्ण स्थापित संघ संगठनलाई जोडेर वास्तविक पिडित पहिचान सहित उद्धारमा अबिलम्ब खिटिनु पर्छ।”

यस उडानका लागि जहाज चार्टरकाे व्यवस्थापनकाे जिम्मा पाएकाे जियोल्याण्ड होलिडेज एण्ड टुर्स  प्राइभेट लिमिटेडका संचालक शरद शर्माले आइतबार नै २ सय ४७ जना नेपाली साउदी अरब बाट ल्याएर नेपाल एयरलाइन्सको जहाज साँझ बहराइन उडेको बताए । “नेपाल एयरलाइन्सले साउदीमा पनि पहिलो पटक उडान भरेकाे हाे, बहराइनमा पनि पहिलो पटक हाे” शर्माले भने । नेपाल एयरलाइन्सले यस्ता मुलुकहरुमा नियमित उडान गरे धेरै सहज हुने र नेपालीहरु लाभान्वित हुने व्यावसायि शर्माले बताए ।

करिव ३० हजार नेपालीहरू बहराइनमा कार्यरत छन्। रोजगारी गुमाइ अलपत्र परेका नेपाली कामदारहररू, कलेज बन्द भइ पठन पाठन अवरुद्ध भएका विद्यार्थीहरू लगायत विभिन्न समस्यामा रहेका नेपालीहरू घर फर्काउनकाे लागि बहराइन स्थित नेपाली राजदुत पदम सुन्दासले संयोजन गरेका थिए । बहराइनको लागि अर्को उडान पनि यहि २५ जुनको लागि तय भएको छ ।


क्याटेगोरी : गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस