Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकतारबाट १४९ जना स्वदेश फिर्ता, थोरै खुशी धेरै आलोचना

कतारबाट १४९ जना स्वदेश फिर्ता, थोरै खुशी धेरै आलोचना

पीडाको चरम मारमा परेर मृत्यूवरण नै गर्नु पर्ने स्थितिमा पुगेकाहरुलाई तत्काल उद्धार गर्नु पर्छ - प्रविण गुरुङ


दोहा – कोरोना महामारी संगै विदेशमा अलपत्र परेका तथा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने क्रममा कतार बाट पहिलो चरणमा आज ३ जना बच्चा सहित  १४९ जना नेपालीहरू स्वदेश फर्किएका छन्।

कतारको समय अनुसार आज विहान पौने एक बजे (००:४५) नेपाल एयरलान्सको २३९२ को उडान बाट स्वदेश फर्किएका मध्य २९ जना सुत्केरी तथा गर्भवती सहित ८२ जना महिला, ६४ जना पुरुष र ३ जना नाबालक रहेको नेपाली राजदूतावासका द्धितीय सचिव प्रविण भट्टराइले दीप संचार मिडियालाई जानकारी दिएका छन्।

आजै झन्डै नेपाली समय १० बजे विहान नेपाल अवतरण गर्ने नेपालीहरुलाई विदाईमा कतार स्थिति राजदूत डा. नारदनाथ भारद्वाज वाग्ले सहित दूतावासका कर्मचारीहरु उपस्थिति रहेको जानकारी दिदै भट्टराइले तत्काल नेपाल फर्कनै पर्नेहरुलाई मात्र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरणको उडान भरेको बताएका छन्।

स्वदेश फिर्तिका लागि हमाद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका नेपालीलाई विदाई गर्न एयरपोर्ट नै पुगेका एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङले पहिलो चरणको यो उद्धारले आफू निकै हर्षित रहेको बताउंदै भने, “मध्यपूर्वमा पिडामा परेका र प्राथमिकतामा परेकाहरुलाई स्वदेश फ़र्काईदै छ र कतारले आज शुरुवात गरेको छ।  यसलाई तिब्रता दिनु पर्छ। आज  फर्किनेहरू सबै चर्को मूल्य तिरेर स्वदेश फर्किएका छन् अब टिकट नै काट्न नसक्नेलाई सरकारले टिकटको व्यवस्था सहित तत्काल उद्धार गर्नु पर्छ।” गुरुङले आफ्नो जिम्मेवारी पुरै मध्यपूर्व नै भएको हुँदा पीडाको चरम मारमा परेर मृत्यूवरण नै गर्नु पर्ने स्थितिमा पुगेकाहरुलाई सरकारले तत्काल कदम चाल्नु पर्छ।  यसतर्फ सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु भन्दै भने, “आज जम्मा १ सय ४९ जना जाँदा त म स्वयम् बोर्डिङ्ग पास काउण्टर सम्म पुगेर भाषा ट्रान्सलेट देखि लगेज मिलाउने सम्म कम गरे, निकै हर्षित रहे, यदि हजारौंको संख्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन सके मेरो खुशीको कुनै सिमा हुने छैन।”

“आज जम्मा १ सय ४९ जना जाँदा त म स्वयम् बोर्डिङ्ग पास काउण्टर सम्म पुगेर भाषा ट्रान्सलेट देखि लगेज मिलाउने सम्म कम गरे, निकै हर्षित रहे, यदि हजारौंको संख्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन सके मेरो खुशीको कुनै सिमा हुने छैन।”

राहत वितरणमा गैर आवासीय नेपाली संघले जुन भूमिका खेल्यो, राजदूतावासलाई जुन सहजीकरण गर्यो त्यो अनुरुप स्वदेश फिर्तीमा राजदूतावासले वेवास्ता गरेको हो कि भन्ने लागेको छ भन्दै गुरुङले थपे, “विदाईमा एनसीसी प्रतिनिधि, मिडियाका प्रतिनिधिहरुलाई समेत सहभागी गराउनु पर्थ्यो त्यो हुन सकेन, प्राथमिकतामा समेत समस्या आएको गुनासो छ, यसतर्फ दूतावासको ध्यानाकर्षण गराउन चाहन्छु।”

स्वदेश फर्किएको प्रति खुसि व्यक्त गर्दै एरपोर्ट पुगेका अर्का सामाजिक अभियन्ता एवं मध्यपूर्व यूवा संयोजक राज रेग्मीले यो उद्धार नभई स्वदेश फर्कन चाहानेहरु प्रर्ती गरेको सहजीकरण मात्र रहेको टिप्पणी गर्दै भने, “अब वास्तविक पिडितलाई समेत उद्धार गर्नु पर्छ। अर्बौंको कोष खडा गर्ने नेपाली आज भोकै प्रदेशमा मर्नु पर्ने अवस्था आको छ।  वास्तविक पिडित पहिचान गरि तत्काल त्यो रकम प्रयोग गर्नु पर्छ।”

विदाईका लागि एयरपोर्ट पुगेका अर्का सामाजिक अभियन्ता एवं आईसिसी सदस्य रमेश भट्टले समेत हजारौंको संख्यामा रहेका पिडितलाई तत्काल स्वदेश फिर्ता गराउन पर्याप्त उडान हुनु पर्ने बताए । भट्टले दीप संचारमिडिया संग कुरा गर्दै भने, “पर्याप्त उडान हुन सकेन भने यो पहुँचवालाहरूको मात्र स्वदेश फिर्ति हो भन्ने प्रमाणित हुने छ। यसतर्फ सम्बन्धित निकाएको ध्यान जान जरूरी छ।  यो शुरुवाति उडानका लागि नेपाली राजदूतावास कतार, एनसीसी कतार लगाएत सम्बधित सबैलाई धन्यवाद दिन चाहन्छु।”

कोभिड-१९ राहत तथा उद्धार समिति एनसिसी कतारका संयोजक उत्तम गुरुङले पत्रकार तिलु शर्मा पौडेल, आफ्नो समिति सदस्यहरु रमेश क्षेत्री, प्रकाश ढकाल सहित आफूहरु विदाईको लागि एयरपोर्ट गएको तर दूतावासको कुनै सम्मन्वयन नहुँदा आफू एयरपोर्ट भित्र छिर्न नपाएको बताउँदै भने, “प्रवेश पाउनु ठूलो कुरा होइन तर प्राथमिकता जसरी परिपालन भएको छैन, पहुँचवाला, नातावाद, कृपावाद र पार्टी विशेष समेतको बाहुल्यता देखिएको गुनासो छ त्यो निन्दनीय छ। यो प्रमाणित भयो भने चर्को बिरोध हुने छ।”

“दूतावासले नेपाल जान चाहने सबैको उडान मिति सहित नामावली प्रकाशन गर्न सक्नु पर्छ अनि मात्र यात्रुले आफ्नो पालो २ महिना सम्म पनि पर्खने मानसिकता बनाएर ढुक्क संग बस्छन, हामीलाई पनि त्यहि अनुरुप राहत वितरण सहितको व्यवस्थापन गर्न सहज हुनेछ।”

एनसीसी कतारका उपाध्यक्ष समेत रहेका संयोजक गुरुङले आजको उडानमा अधिकाशं महिला, नाबालक, गर्वती, विरामी र बृद्ध समेत भएको हुँदा खुशी नै रहेको बताउँदै विच विचमा घुस पैठ भएको आशंका भएको बताए। हाम्रो आशंका चिर्नको लागि तत्काल हवाई मार्ग पर्याप्त गरि मर्न लागेका, खान नपाएका र रोगी विरामिहरूलाई उद्धार गर्नु पर्छ भन्दै भने, “खान र बस्न नपाएकालाई दूतावासले नै हामीलाई फोन गरि-गरि हाम्रो व्यक्तिगत खर्चमा राख्न लगाउने, आज तिनै पिडित जान नपाउने ? हामीले कहिले सम्म पाल्ने ? म राजदूतावासलाई स्मरण गराउन चाहन्छु ति पिडितहरू यहाँहरूकै सिफारिसमा पालेर राखेका छौं । यो त प्रतिनिधि घटना मात्र हो, सयौंको सख्यामा रुँदै फोन म्यासेज आउने गर्छ। राहत तथा उद्धार समितिको संयोजक हुँदै गर्दा वास्तविक पिडित र उनीहरुको प्रकृति मलाई राम्रोसंग थाहा छ।” गुरुङले थपे, “दूतावासले नेपाल जान चाहने सबैको उडान मिति सहित नामावली प्रकाशन गर्न सक्नु पर्छ अनि मात्र यात्रुले आफ्नो पालो २ महिना सम्म पनि पर्खने मानसिकता बनाएर ढुक्क संग बस्छन, हामीलाई पनि त्यहि अनुरुप राहत वितरण सहितको व्यवस्थापन गर्न सहज हुनेछ।”

आजको उडान प्रति सबैले खुशी व्यक्त संगै सरकारको गैर जिम्मेवारी पूर्ण कदमको आलोचना नै गरेका छन्। कतारमा रहेका पिडित नेपालीहरुको पिडामा मलम लगाउन निकै सक्रिय रहेको एनआरएनए समेत स्वदेश फिर्तीको परिपाटी प्रति सन्तुष्टि देखिएको छैन। यसै प्रसंगमा बुझ्न दीप संचार मिडियाले एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानलाई सम्पर्क गर्न खोज्दा यो विषयमा कुनै टिप्पणी नगर्ने बताउँदै उद्धार भनिएको यो उडानसंग जोडेर आफ्नो संस्थाको नाम कतै उल्लेख नगर्न आग्रह समेत गरे।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस