गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतबाट तेस्रो उडान मार्फत ९ बच्चा सहित १४९ महिला नेपाल पुगे कुवेतबाट तेस्रो उडान मार्फत ९ बच्चा सहित १४९ महिला नेपाल पुगे हरि कृष्ण न्यौपाने जेठ ३०, २०७७ गते ६:१६ मा प्रकाशित कुवेत – कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये तेश्रो उडानबाट ९ बच्चा सहित १४९ महिला कामदारहरु नेपाल नेपाल पुगेका छन।उनिहरु आज जुन-१२,शुक्रबार कुवेतको जजिरा एयरको सिधा उडान मार्फत नेपाल पुगेका हुन।उनिहरु नेपालको समय अनुसार बिहान ११:३० बजे नेपाल उत्रिएका थिए। नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी दितिय सचिब जानकी ओझाका अनुसार कुवेत सरकारको अर्दिया आश्रय स्थलमा रहेका ८ जना आमाका ९ जना बच्चाहरु सहित १४९ जना महिलाहरुलाई आज नेपाल पठाइएको हो।उनले थपिन”क्रमश:आममाफी मार्फत आश्रय स्थलमा रहेका नेपालीहरुलाई कुवेत सरकारले निशुल्क दैनिक उडान मार्फत नेपाल पठाउने छ।भोली पनि २ वटा जजिरा एयरको उडान हुने जानकारी दूताबासमा आएको छ।” यसै बिच आज नेपाली राजदूताबास कुवेतले आफ्नो फेसबुक पेज मार्फत आममाफी भन्दा बाहेक घर जानै पर्ने अवस्थाका कामदारहरु मध्ये पहिले प्राथमिकतामा परेकाहरुलाई आ-आफ्नो प्रमाण दुताबासमा पठाउन अनुरोध गरेको छ।उक्त अनुरोध यस्तो रहेको छ।नेपाल सरकारको निर्णयबाट तोकिएको प्राथमिकता क्रममा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु एवं जेष्ठ नागरिक, बालवालिका तथा अपांगता भएका व्यक्तिहरुले आफूसँग भएका प्रमाण वा कागजातहरु यथाशीघ्र दूतावासको फेसबुक पेजको मेसेन्जर इनबक्स वा इमेल eonkuwait@mofa.gov.np मा पठाइदिनु हुन अनुरोध छ ।पुनश्च:कोरोना स्वास्थ्य परीक्षण कहाँँ र कसरी अनी कती शुल्क लिएर गर्ने र चार्टर उडान कहिले हुने बारे पुन: अर्को सुचना निकालेर जानकारी दीइने दितिय सचिब ओझाले बताएकी छन।- जिएनएनक्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप