Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकुवेतमा रहेका नेपालीको उद्धार कार्य शूरु, पहिलो उडानमा १ सय ६८ जना

कुवेतमा रहेका नेपालीको उद्धार कार्य शूरु, पहिलो उडानमा १ सय ६८ जना

स्वदेश फर्किने क्रम शुरु भए संगै सबैतिर बाट स्वागत


कुवेत – कोरोना महामारी संगै अवैधानिक कामदारलाई कुवेत सरकारले आम माफी दिए संगै स्वदेश फिर्ताका लागी लामो समय देखि सेल्टरमा बस्दै आएका नेपालीलाई आज बुधबार देखि उद्धार गरिदै छ।

अधिकांश महिला कामदार रहेको उक्त सरकारको डिपोटेशन सेन्टर र शिविरबाट प्राथमिकताका आधारमा उद्धार शुरु गरिएको हो । कुवेतमा २ हजार ९ सय ९१ जना नेपाली रहेको शिविरबाट नियमित रूपमा सबैलाई उद्धार गरिने र त्यसपछि कुवेत स्थिति राजदूतावासमा फारम भरेकालाई प्रथामिकाताका आधारमा स्वदेश फिर्स्ता गरिने गैर आवासीय नेपाली संघका सचिव एवं मध्यपूर्व मिडिया समितिका कुवेत प्रतिनिधि माधव शाहीले बताएका छन्।

दीप संचार मिडिया संग कुरा गर्दै एनआरएनए आइसीसी प्रवक्ता डीबी क्षेत्रीले झन्डै ३ हजार नेपालीलाई यसरी कुवेत सरकारले निशुल्क उद्धार गर्नु निकै ठूलो उपलब्धि रहेको बताउँदै भने, “आज बुधबार १ सय ६८ जनालाई स्वदेश फर्काइने सबै तयारी पूरा भएको छ।  कुनै प्राविधिक समस्या नभए आज नै उडान हुनेछ।”

एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले यो एक प्रकारको एतिहासिक काम जस्तै भएको बताउदैं यो सहकार्यका लागि कुवेत सरकार, नेपाली राजदूतावास, एनआरएनए आइसीसी, एनआरएनए मध्यपूर्व, एनसीसी, वैचाररीक लगाएत सम्पूर्ण संघसस्था तथा अहोरात्र उद्धारमा खटिने स्वेमसेवक लगाएत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुराउने सबै प्रति आभार प्रकट गरेका छन्। केसीले थपे, “कुवेत सरकरको आन्तरिक मामिला मन्त्रालय र नेपाली दूतावासले कति जना जाने, कोको जाने भन्ने नामावली हरेक दिन उपलब्ध गराउने छ। त्यसैलाई आधार बनाएर कुवेतको जजिरा एयरवेजले नियमित उडान भर्ने छ।”

यसैवीच एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङ्गले यो विषम परिस्थितिमा कुवेत सरकार, नेपाली कुटनीतिक नियोग, विभिन्न संघसस्था लगाएत सबै संग सहयात्रा गर्दै यो सफलता प्राप्त गरेकोमा एनसीसी अध्यक्ष सुजन केसी लगाएत संबन्धित सबै प्रति आभार व्यक्त गरेका छन्।  गुरुङ्गले दीप संचार मिडियासंग कुरा गर्दै कुरा गर्दै भने, “एनसीसी तथा कुटनितिक एवं राजनीति पहल गर्ने आइसीसी लगाएत कुवेत सरकार, नेपाली नियोग प्रति आभारी छु। मलाई विश्वास छ अब नेपाल सरकारले छिट्टै सम्पूर्ण पिडित नेपालीको उद्धार गर्ने छ।” उनले थपे, “उक्त शिविरमा अधिकांश महिला छन्, अझ शिविर भन्दा बाहिर र मध्यपूर्वमा थुप्रै नेपाली नेपाली चेलीहरु अलपत्र छन्, कोहि नाबालक छन्, कोहि गर्ववति, कोहि सुत्केरी छन्, पौष्टिक खानेकुरा पाउन नसक्दा अवस्था निकै दयनिय छ।”

गुरुङ्गले मध्यपूर्वमा रहेका रहेका महिलाहरुको पिडालाई आफ्नै पिडा सम्झिएर राहत तथा उद्धार लगाएत कुनै पनि कशुर बाँकी नराखी खटिएकि आइसीसी महिला संयोजक भुमा लिम्बु र मध्यपूर्व महिला संयोजक सुस्मिता देवी पौडेललाई समेत धन्यवाद दिदै भने, “मध्यपूर्वमा रहेका महिलाको समस्यामा निकै अग्रसर भएर क्रियाशीलरूपमा लागि पर्नु भएको छ। “

त्यसैगरी मध्यपूर्व यूवा संयोजक राज रेग्मीले कुवेत सरकारले देखाएको उदारतालाई मुक्त कण्ठले सम्बोधन गर्दै कुवेतको यस निराकरणले ति चेलीहरु र दाजुभाईहरुले राहतको शास फेर्न पाएको बताए।  रेग्मीले सरकारले कत्ति पनि ढिला नगरी अब छिट्टै अन्य पिडितहरुको पनि छिटो उद्धार गर्नु पर्नेमा जोड दिदै भने, “नेपाल सरकारले अहिले सम्म जे जस्तो गरे पनि अब मध्यपूर्वका श्रमिकलाई अवम्युल्यन गर्नु हुँदैन, अन्यथा ठूलो मूल्य चुकाउनु पर्नेछ । “

कुवेत सरकारको पूर्ण खर्चमा तय गरिएको उडानलाई टिप्पणी गर्दै मध्यपूर्व सह संयोजक मनोज कुमार श्रेष्ठ गोर्खालीले लामो संघर्ष र पर्खाई पछिको ठूलो उपलब्धि भएको बताउँदै अब युएईका गर्भवति चेली संगै मध्यपूर्वमा रहेका लाखौँ पिडित नेपालीलाई उद्धार गर्नु को विकल्न नरहेको औल्याए। साथै गोर्खालीले मध्यपूर्वमा रहेका मानव शवहरू समेत तत्काल स्वदेश फिर्ता गरि आफन्तलाई बुझाउन ढिलाई गर्न नहुने बताए ।

त्यस्तै अर्का मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल जोनले ढिलै भए पनि महत्वपूर्ण कदम चालेकोले नेपाल सरकार प्रति आभार प्रकट गर्दै अब हवाई मार्ग प्रसस्त गर्दै सरकारले सबै नेपालीलाई सहजीकरण गर्नु पर्ने बताए। अर्यालले कुवेतको एउटा सानो समूह स्वदेश फर्कदा मात्र पनि सिंगो मुलुक हर्षित भएको बताउँदै सबैका लागि सहज हुने हो भने नेपाल सरकार प्रतिको प्रशंसा उच्च हुनेमा विश्वास व्यक्त गरे।

नेपाली दूतावासका अनुसार कुवेतमा ६९ हजार ६ सय ५४ जना नेपाली कामदार रहेका छन् । त्यसमध्ये निजी क्षेत्रमा ४९ हजार ३१६, घरेलु कामदार १९ हजार ७८७, पारिवारिक ४४३ र सरकारी क्षेत्रमा १२८ जना छन् ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस