गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पत्रकार महासंघ कतारका अध्यक्षलाई पितृ शोक पत्रकार महासंघ कतारका अध्यक्षलाई पितृ शोक हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा : अध्यक्ष मियाँ दीप संञ्चार जेठ १७, २०७७ गते २३:०५ मा प्रकाशित दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई पितृ शोक परेको छ । दीप संचार मिडियाका अतिथि सम्पादक समेत रहेका पत्रकार मियाँका बुबा अमिर बक्स मियाँको शनिबार निधन भएको हो।मियाँको तनहुँ जिल्ला शुक्लागण्डिकी नगरपालिका ५, स्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको थियो । ८५ वर्षीय पिता बिक्रम सम्बत १९९२ मा स्याङ्जामा जन्मिएका थिए।पत्रकार महासंघ कतारले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिता प्रति गहिरो समवेदना प्रकट गरेको छ। सचिव दिल कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा शुभचिन्तक्, सहयोगी, समाजसेवी तथा समाजका अभिभावक पिताको दिवङगत आत्मा प्रति श्रध्दाञ्जली व्यक्त गर्दै यस दु:खको घडीमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।स्वर्गिय मियाँका ७५ वर्षीय श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । वैदेशिक रोजगारका क्रममा विगत २० वर्ष देखि कतारमा रहेका अध्यक्ष मियाँ तेस्रो सन्तान हुन्।पत्रकार मियाँका दाजु आमिर दिन मियाँ पनि व्यवसायका क्रममा कतार मै रहेका छन् । ब्रेन ट्यूमरले ग्रसित बुबालाई लकडाउनका कारण भेट्न जान नपाएकोमा पत्रकार मियाँले दुख व्यक्त गरेका छन्।पत्रकार मियाँले फेसबुक मार्फत सम्भव हुनेले बुबाको अन्तिम सस्कारमा सहभागी भैदिन आफन्त एवं छिमेकीलाई आग्रह गर्दै भनेका छन्, “९ दशकमा नजान्नु कैयौं संघर्ष गरे। जिवनको अन्तिम घडीमा, अन्तिम श्वाससम्म छोराहरुको बाटो कुरेर बसे हाम्रा बा ले। हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा बा!’ “अल्विदा बा” इन्ना लिल्लाही व इन्ना इलैहे राजेऊन।”क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना…आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित)तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदानभ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित,… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ४विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य