Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनए कतारद्वारा दशौं चरणको राहत वितरण समपन्न, थपिए सहयोगी हातहरू

एनआरएनए कतारद्वारा दशौं चरणको राहत वितरण समपन्न, थपिए सहयोगी हातहरू


दोहा – विश्वभर महामारीको रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) ले कतारमा पारेको असर र यस्को नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी तथा रोकथामका नियमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा देखा परेको खाद्दान्न समस्यालाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारलाई प्राप्त राहात संघद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा आज दशौ चरण सम्म निरन्तर दिईएको छ ।

कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज आज दशौ चरण अन्तर्गत बितरण गरीएको छ । आज २७ मे का दिन कतारको सनैया स्ट्रीट नम्बर ३,४,५,६,१०, १७, १९,२२,२३,२४,२५,३२,३७,३८,४१,४३, ५७, एनखालिद , नज्मा, मामुरा, ग्राफा, बिन मोहमद, अलसाद, वल्ड एअरपोर्ट, बिन वमरान,मुग्लिना, अलवाब, रैयान, वाक्रा, वकिर,मदिना खलिफा, अजजिया,अबुहमर, हिलाल, मुन्ताजा, दोहा जदिद, मनसुरा, अलथुममा,मतार कदिम, सफिया खलिफा, अल नासर र मैजारका विभिन्न ठाउँमा रहेका ६१७ जना कोरना भाइरसको प्रभाबले पीडित अवस्थामा रहेका नेपालि श्रमिकहरुलाई बितरण गरीएको संघका महासचिव पदम गिरीले जानकारी दिएका छन ।

कतारमा लामो समय देखि ब्यवसाय गर्दै आएका ब्यबसायि तथा एनआरएनए आईसीसी सदस्य रमेश भट्टले समेत पिडित नेपालीको दुखमा मल्हम लगाउन ४५० के जि चामल सहयोग गरेका छन । त्यस्तै एनसीसी लेखा समिती संयोजक मुक्तार आलमले १८ के जि चामल, प्याज २५, दाल ५ र सोयाबिन १० केजी सहयोग गरेका छन ।

राहत बितरण कार्यक्रममा नेपाली दूतावास परिवार,आईसीसी प्रतिनिधि ,एनसीसी प्रतिनिधिहरु , संयोजक, सदस्य,विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारका साथै विशेष सहयोगि का रुपमा स्वयंसेवकहरु रहेको जनाईएको छ ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस