Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकोरोना अपडेट : युएईमा लकडाउन बारे नयाँ नियमको घोषणा

कोरोना अपडेट : युएईमा लकडाउन बारे नयाँ नियमको घोषणा


युएई – युएईमा लकडाउन बारे नयाँ नियमको घोषणा संयुक्त अरब इमिरेट्स (युएई) को स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनतालाई स्वास्थ्य अधिकारीसँग सहकार्य गर्न र सबै सावधानीका उपायहरू, विशेष गरी सामाजिक दूरी प्रोटोकलहरूको पालना गर्न आम जनताको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ।

युएईको नेशनल डिस्फेक्सन ड्राइभको बारेमा मे १८ मा नयाँ घोषणा गरेको हो । जस अनुसार नियम उल्लघंन गरेको फेला परेमा जरिवाना गरिने छ । यसै गरि युएई सरकारले बुधवार २० मे तारिख २०२० देखि लागु हुनेगरी बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म आवात जावतमा कडाई गर्नेगरी समयमा हेरफेर गरेको छ ।

यस अघि ईस्लामिक धर्मावलम्बीहरुको पवित्र पर्व रामादान शुरु भए सँगै बेलुकी १० बजे देखि बिहान ६ बजेसम्म आवतजावतमा कडाइ गरेको थियो । ईस्लामिक धर्मावलम्बीहरुको रामादान शुरु भए सँगै सपिंग मलहरु बिहान ९ बजे देखी बेलुकी ७ बजेसम्म दैनिक खुलिरहेको छ। मल प्रवेशको लागी ६० बर्ष माथिका बृद्द, गर्भवती र १२ बर्ष मुनीका बच्चाहरुलाई प्रतिबन्ध लगाएको छ।

युएई सरकारले जरिवाना सम्बन्धि नयाँ क़ानून ल्याएको छ । जस अनुसार नियम उल्लंघन गरेको पसिइएमा निम्नानुसारको जरिवाना गर्ने छ ।

– भेला गरेर पार्टी आयोजना गरेमा १० हज़ार दिराम जरिवाना ।

– पाहुना भएर पार्टी खान गएमा ५ हज़ार दिराम जरिवाना ।

– कारमा ३ जना भन्दा बढी चढाएमा ३ हज़ार दिराम जरिवाना।

– प्रतिबन्धित समयको उल्लंघन गरेर हिँडडुल गरेमा ३ हज़ार दिराम जरिवाना ।

– रेष्टुरेन्ट र मलहरुमा २ मीटर दुरी कायम नगरेमा ३ हजार दिराम जरिवाना ।

– अफिसमा मास्क नलगाएमा कामदारलाई ५ सय र कम्पनीलाई ५ हजार दिराम जरिवाना । त्यसैगरी कोरोना भाइरसको परिक्षण गरि पोजिटिभ देखिएको छ र यी नियमहरु उल्लंघन गरेमा निम्नानुसार जरिवाना लाग्ने भएको छ।

– होम क्वारेन्टाईनमा बसेको बखतका नियम उल्लंघन गरे ५० हज़ार दिराम जरिवाना ।

– तपाईंलाई पोजिटिभ आएको छ र स्मार्ट फोनमा एप्स डाउनलोड नगरी ट्र्याकिंग सिस्टममा बस्नु भएन वा मोबाईल बोक्न भुल्नु भो भने १० हज़ार दिराम जरिवाना ।

– निकायले दिएको डिभाईस वा एप्स टेम्परिंग गर्नुभो भने २० हज़ार दिराम जरिवाना ।

– कोरोना परिक्षण गर्न मान्नु भएन भने ५ हज़ार जरिवाना ।

– दुई हप्ता पछि पुनः चेक गर्नु भएन भने १ हज़ार जरिवाना लाग्ने छ ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस