Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फसिमा अतिक्रमणको विरोधमा विवेकशील नेपाली कतारको फोटो प्रदर्शन

सिमा अतिक्रमणको विरोधमा विवेकशील नेपाली कतारको फोटो प्रदर्शन


दोहा – विवेकशील नेपाली कतारले नेपालको भूमिमा भारतले हस्तक्षेप गरी मानसरोवर सम्म जोड्ने सडक भारतले एकतर्फी निर्णय गरी निर्माण गरेको विषयलाई लिएर आज विभिन्न नारा सहितको फोटो प्रदर्शन गरेको छ l

विवेकशील नेपालीका देश तथा विदेशमा रहेका सदस्यहरुले नेपाल सरकार लाई मिचिएको भूमि फिर्ता गर्न माग गर्दै विरोध गरेका छन् l नेपाल सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्न नसकेको आरोप विवेकशील नेपालीले लगाएको छ l विवेकशील नेपालीले आफ्नो लोगो सहितको नेपालको नक्सा प्रकाशित गरेर सरकारको ध्यानाकर्षण गराएको हो l

माईतिघर मण्डलामा भौतिक दूरी कायम गर्दै नेपालको भूमि फिर्ता गर्न विरोध गर्दैगर्दा पक्राउ परेकी विवेकशील नेपाली दलकी केन्द्रिय नेतृत्व रञ्जु दर्शनासहित दर्जन विवेकशील नेपालीका कार्यकर्ता अहिले रिहा भएको खबर विवेकशील नेपाली दल प्रबासका नेता सुरेश भट्ट आश्रिनले जानकरी दिएका छन् l

सुरेश भट्ट आश्रिन, नेता विवेकशील नेपाली

विवेकशील नेपाली दलले आफ्नो विज्ञप्ति माग गरे अनुसारको काम सरकारले नगरे थप आञदोलन पनि गर्न सक्ने आजको घटनाक्रमले देखाएको नेता आश्रिनले बताए।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस