गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई दूतावासमा धर्ना दिने नेपालीहरुको समस्या एनआरएनए युएईको पहलमा समाधान युएई दूतावासमा धर्ना दिने नेपालीहरुको समस्या एनआरएनए युएईको पहलमा समाधान सुर्य बहादुर खवास वैशाख २४, २०७७ गते १:५६ मा प्रकाशित युएई – अलपत्र परेको भन्दै नेपाली दूतावास अबुधावीमा धर्ना बसेका १७ जना नेपालीलाई गैर आवासीय नेपाली संघ युएईको सहकार्यमा दूतावासले तत्कालको लागि व्यवस्था गरेको छ ।नेपाली दूतावासले जारी गरेको प्रेस नोट अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको सहकार्यमा पीडितहरु नेपाल नफर्कदासम्म बस्न र खानको व्यवस्था गर्ने तथा हवाई यात्रा सुचारु भए लगत्तै प्राथमिकताका साथ नेपाल पठाउन व्यवस्था गरिने सहमति भएसँगै तत्काललाई समस्या टरेको हो ।सारजाहबाट आएका नेपालिले दुतावास अगाडि धर्ना थालेपछी दूतावास र धर्ना बसेका नेपाली बिच गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले समस्या समाधानको लागि सकृयता देखाएको थियो । सहमती पश्चात् दूतावासले व्यवस्था गरेको यातायात मार्फत धर्नामा बसेका पिडित सारजाह फर्केका थिए ।केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्न युएईको शारहजास्थित ईमिरेट्स क्याव एलएलसी कम्पनीमा आएका उनीहरु कम्पनीको एग्रिमेन्ट अनुसार सेवा सुविधा नपाएका कारण गत चार महिना देखि अलपत्र परेका थिए।नेपालबाट ओशो तथा फ्युचर म्यानपावर मार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर युएई आएका उनीहरु धेरैले गरेको कामको पैसा समेत नपाएको बताउँदै आएका थिए। अहिले उनीहरूको भिसा समेत क्यान्सिल भैसकेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्नकार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्नकुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन्संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ५पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ६४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम