गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई दूतावासमा धर्ना दिने नेपालीहरुको समस्या एनआरएनए युएईको पहलमा समाधान युएई दूतावासमा धर्ना दिने नेपालीहरुको समस्या एनआरएनए युएईको पहलमा समाधान सुर्य बहादुर खवास वैशाख २४, २०७७ गते १:५६ मा प्रकाशित युएई – अलपत्र परेको भन्दै नेपाली दूतावास अबुधावीमा धर्ना बसेका १७ जना नेपालीलाई गैर आवासीय नेपाली संघ युएईको सहकार्यमा दूतावासले तत्कालको लागि व्यवस्था गरेको छ ।नेपाली दूतावासले जारी गरेको प्रेस नोट अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको सहकार्यमा पीडितहरु नेपाल नफर्कदासम्म बस्न र खानको व्यवस्था गर्ने तथा हवाई यात्रा सुचारु भए लगत्तै प्राथमिकताका साथ नेपाल पठाउन व्यवस्था गरिने सहमति भएसँगै तत्काललाई समस्या टरेको हो ।सारजाहबाट आएका नेपालिले दुतावास अगाडि धर्ना थालेपछी दूतावास र धर्ना बसेका नेपाली बिच गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले समस्या समाधानको लागि सकृयता देखाएको थियो । सहमती पश्चात् दूतावासले व्यवस्था गरेको यातायात मार्फत धर्नामा बसेका पिडित सारजाह फर्केका थिए ।केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्न युएईको शारहजास्थित ईमिरेट्स क्याव एलएलसी कम्पनीमा आएका उनीहरु कम्पनीको एग्रिमेन्ट अनुसार सेवा सुविधा नपाएका कारण गत चार महिना देखि अलपत्र परेका थिए।नेपालबाट ओशो तथा फ्युचर म्यानपावर मार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर युएई आएका उनीहरु धेरैले गरेको कामको पैसा समेत नपाएको बताउँदै आएका थिए। अहिले उनीहरूको भिसा समेत क्यान्सिल भैसकेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप