Techie IT
×
गृहपृष्ठग्लोबलगल्फयुएईमा दूतावासको अनलाईन फारम भर्नेको संख्या ९ हजार ५ सय पुग्यो 

युएईमा दूतावासको अनलाईन फारम भर्नेको संख्या ९ हजार ५ सय पुग्यो 


युएई – कोरोना भाइरस (कोभिड १९) को विश्व व्यापी रुपमा शृजना भएको महामारीबाट मध्यपुर्वको मुलुक युएई पनि अछुतो रहन सकेको छैन । यो समाचार तयार पार्दा सम्म युएईमा १५ हजार १ सय ९२ जना संक्रमित भएका छन ।

यसैगरी अहिले सम्म स्वास्थ्य लाभ गर्नेको संख्या ३ हजार १ सय ५३ जना छ भने मृत्यु हुनेको संख्या १ सय ४६ जना पुगेको  युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण गत अप्रिल ६ देखि २४ तारिख सम्म दुबईमा मेट्रो सहित सार्वजनिक यातायात बन्द गरिएको थियो । तर  रमादानको शुरुवात सँगै गत २५ अप्रील देखि भने बिहान ६ बजेदेखि बेलुकी १० बजे सम्म लकडाउनलाई खुकुलो गरिएको छ।

मलहरुमा सजिलै आवातजावतलाई अनुमति दिइएको छ । यो सँगै आर्थिक गतिविधि नियमित र सामान्य अवस्थामा फर्कने अनुमान गरिएको छ। सार्वजनिक स्थान किटाणु रहित बनाउने राष्ट्रिय कार्यक्रमलाई रातिको १० बजे देखि बिहान ६ बजे सम्म निरन्तरता दिदै आएको छ ।

नेपाली दुतावासले तीन साता पहिले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ जना नेपाली संक्रमित भएको जनाएको थियो । जसमा २ जना निको भएको र ९ जनाको अवस्था सामान्य रहेको जानकारि दिएको थियो ।

तर गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण युएईमा ६ नेपालीको मृत्यु भएको जनाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार युएईमा एक महिला सहित ५ पुरुषको ज्यान गएको हो। यसैगरि युएईमा एक सय भन्दा बढी नेपाली कोरोना भाइसर (कोभिड१९) बाट संक्रमित भएको कोइरलाले जानकारी दिए। जसमध्य १५ जना नेपाली उपचार पछि निको भएका छन्।

दुतावासले भने ३ साता यता युएईको स्वास्थ्य मन्त्रालयले देश छुट्टाएर विवरण नदिएका कारण के कति नेपाली संक्रमित भए भनेर अधिकारिक तथ्यांङ्क दिन नसकेको बताएको छ । प्रवासमा कृयाशिल नेपाली संघ संस्था उद्दार र राहतमा जुटिरहदा लामो समय सम्म किन मौन बसेको दुतावासले गत २८ अप्रील बाट युएईमा रहेका नेपालीहरूको अनलाइन मार्फत बिबरण संकलन गर्न शुरु गरेको थियो ।

दुतावासले खुल्ला गरेको अनलाईन फारम यो लिङ्कमा गएर आफ्नो विवरण भर्न सकिने छ  https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae यसरी खुला गरिएको नेपालीहरूको विवरण संकलन फाराम (Registration Form)  भर्नेहरूको संख्या हिजो साँझ सम्ममा ९ हजार ५ सय २८ पुगेको दुतावसले जनाएको छ । नेपाल फर्कन चाहनेहरूको हकमा नेपाल सरकारले  कुनै निर्णय  गरेमा जानकारी दिईने दुतावासले बताएको छ ।


क्याटेगोरी : गल्फ
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस