गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारले पठायो नेपाललाई अत्यावश्यक ७ लाख ४२ हजार थान स्वास्थ्य सामग्री कतारले पठायो नेपाललाई अत्यावश्यक ७ लाख ४२ हजार थान स्वास्थ्य सामग्री दीप संञ्चार वैशाख १७, २०७७ गते २०:४७ मा प्रकाशित काठमाडौं । कतारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई आवश्यक पर्ने सामग्रीहरु पठाएको छ ।एक विज्ञप्ती प्रकाशित गर्दै कतार फण्ड फर डेभलपमेण्टका तर्फबाट नेपाल सरकारलाई कोभिड १९ सँग लड्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको जनाएको हो । यसअघि गत सोमवार कतारका अमिर शेख तामिम वीन हमाद अल थानीले नेपाललाई तत्काल स्वास्थ्य सामग्री पठाउन निर्देशन दिएका थिए ।सहयोग अन्तर्गत थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान लगायत गरी जम्मा ७ लाख ४२ हजार थान सामग्री कतारले पठाएको हो ।विज्ञप्तीमा भनिएको छः कोरोनाको महामारी नियन्त्रणका लागि नेपाल सरकारलाई मद्दतका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कतार फण्ड फर डेभलपमेण्टका महानिर्देशक खलिफा वीन जासिम अल कवारीले यो सहयोग मित्र मुलुकलाई कोभिड-१९ विरुद्दको लडाईमा हातेमालो गर्न गरिएको जनाएका छन् ।यो कोरोना भाईरसको संक्रमण रोक्न विश्वव्यापी रुपमा एकअर्कालाई गर्नुपर्ने सहयोग अन्तर्गत नै नेपाललाई सहयोग गरिएको महानिर्देशक अल कवारीले बताएका छन् । नेपाललाई पठाइएको स्वास्थ्य सामग्रीहरु यसअगाडी इरान, लेवनन, ईटाली, ट्युनिसिया तथा रुपाण्डालाई पठाइए जस्तै भएको जनाइएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्नकार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्नकुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन्संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम