Techie IT
×
गृहपृष्ठग्लोबलगल्फमध्यपूर्व अपडेट : कोरोनाबाट सबैभन्दा धेरै साउदीमा ११२२ र कतार दोस्रो ५६७ जना एकैदिन संक्रमित

मध्यपूर्व अपडेट : कोरोनाबाट सबैभन्दा धेरै साउदीमा ११२२ र कतार दोस्रो ५६७ जना एकैदिन संक्रमित


काठमाडौँ – विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज सम्म मध्यपूर्वमा ३५ हजार ८६ जना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टा भित्र २ हजार ६ सय ५९ जना संक्रमित भएको पुष्टि भएको छ।

हाल सम्म मध्यपूर्वमा ५ सय ३८ जनाले मृत्यूवरण गरि सकेका छन् भने ७ हजार २८ जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन्। अहिले सम्म पाएको रिपोर्ट अनुसार मध्यपूर्वमा ८४ जना मात्र नेपालीहरु संक्रमित भएको र ५ जनाले स्वास्थ्य लाभ भएको पुष्टि भएको छ भने २ जनाको मृत्यू भएको छ। मृत्यू भएको तथ्यांक पूर्णरूपमा पाए पनि संक्रमित हुने र स्वास्थ्य लाभ गर्ने नेपालीको संख्या एक चौथाई पनि बाहिर आउन सकेको छैन।  यस तर्फ न नेपाल स्थित परराष्ट्रले चासो देखाएको छ न सम्बधित मूलुकमा रहेका राजदूतावासहरुले पहल कदमी नै चालेका छन्।

पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार मध्यपूर्वमा सबै भन्दा बढी साउदी अरबमा संक्रमित भेटिएका छन्।  जहाँ आज मात्रै ११ सय २२ जना संक्रमित भएको पुष्टि भएको छ।  यो संगै साउदीमा संक्रमितको संख्या १० हजुर ४ सय ८४ पुगेको छ भने अहिले सम्म १ सय ३ जनाले ज्यान गुमाई सकेका छन्। हाल सम्म १ हजार ४ सय ९० जनाले स्वास्थ्य लाभ गरेका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको साउदी स्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साउदी अरबियामा नेपाली जम्मा ४ जना संक्रमित भएको र ३ जनाले स्वास्थ्य लाभ गरेको भनिए पनि हजारौंको संख्यामा नेपालीहरु सरकारी क्वरेण्टाइन र अस्पतालमा भर्ना गरिएको छ ।तर कति जना पोजेटिभ र कति नेगेटिभ नतिजा आयो र कति जनाले स्वास्थ्य लाभ गरे भन्ने जानकारी नेपाली दूतावास संग छैन।

त्यस्तै पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार कतार दोस्रो स्थानमा रहेको छ।  कतारमा आज मात्रै ५ सय ६७ जना संक्रमित भएका छन् भने अहिले सम्म ६ हजार १५ जना संक्रमितको संख्या पुगिसकेको छ। अहिले सम्म ५ सय ५५ जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन् भने ९ जनाले ज्यान गुमाई सकेका छन्।  अहिले सम्म कतारमा ३७ जनाको अवस्था गम्भीर रहेको छ।

कतारमा आज सम्म ६४ हजार ६ सय २० जनाको कोभिड १९ जाँच भएको छ । जस मध्य हजारौं नेपालीहरु पनि रहेका छन् तर कसैको पनि स्वास्थ्य अवस्था गम्भीर नभएको नेपाली दूतावासले जानकारी दिएको छ। कतारमा संक्रमति लक्षण देखिएका विरामीहरुलाई निकै तदारुपताका साथ तत्काल परिक्षण गरिने गरेको छ। यसका लागि देश भर सरकारी, स्थानीय एवं नेपाली लगाएत आप्रवासीहरुलाई स्वयंसेवकका रुपमा खटाई अभियान नै चालेर सचेतना गराइएको छ। तसर्थ शुरुवातिमै उपचार पाएको हुँदा मानवीय क्षति नगन्य अवस्थामै निकै न्यून रहेको छ।

क्वरेण्टाइन तथा अस्पतालमा रहेर उपचार गरिरहेका नेपालीहरुलाई फोन इन्टरनेट लगाएतको सुबिधा दिएको हुँदा सबै आ-आफ्नो परिवारसंग निरन्तर सम्पर्कमा रहेको जानकारी उक्त नेपालीहरुले राजदूतावासलाई फोन गरेर जानकारी गराएका छन्। खाद्यान्न लगाएत समस्या परेका नेपालीलाई नेपाली राजदूतावासले सहजीकरण गरिरहेको छ । समस्या परेका नेपालीहरुले राजदूतावासमा वा एनआरएनए कतारलाई सम्पर्क गर्न सक्नेछन।

यसैगरी आज युएई तेस्रो स्थानमा छ। पछिल्लो २४ घण्टाको नतिजा अनुसार युएईमा ४ सय ८४ जना संक्रमित भएका छन् यो संगै  युएईमा ७ हजार २ सय ६५ जना संक्रमितको संख्या पुगेको छ। आज सम्म २ नेपाली सहित ४३ जनाले ज्यान गुमाई सकेका छन् भने १३ सय ६० ले पूर्ण स्वास्थ्य लाभ गरेका छन्।

तर मृत्यू हुने नेपालीको विषयमा राजदूतावासले कुनै सुचना निकालेको छैन। तर युएइ प्रहरीले मृत्यू हुने मध्य एक जना घरेलु कामदार महिलाको रिपोर्ट नै दिएको छ। मृत्यू हुने अर्को एक जना पुरुषको पनि दूतावासले सार्वजनिक गरेको छैन।

अहिले सम्म नेपाली राजदूतावासले ११ जना नेपाली संक्रमित भएको पुष्टि गरेको छ भने गैर आवासीय नेपालीसंगले आफूसंग ७१ जना पोजेटिभ सम्पर्कमा आएको दाबी गरेको छ तथापी अन्य मुलुक जस्तै युएईमा पनि कुटनितिक प्रयास झन्डै सुन्यकै अवस्थामा रहेको जनगुनासो रहेको छ। हरेक दिन खाद्यान्न सामाग्रीहरु युएई स्थित एनआरएनए एनसिसिले वितरण गरि रहेको एनसीसी अध्यक्ष प्रकाश कोइरालाले जनाएका छन्। कोइरालाले दीप संचार संग कुरा गर्दै भने,  ‘हामीलाई सम्पर्क गरे सम्म भोकै मर्न दिने छैनौं तर सबै हाम्रो पहुचमा नहुने र सबै हाम्रो सम्पर्कमा आउन नसक्ने पनि छन्।’

केहि दिन पहिले थुप्रै नेपालीहरु कोहि आधा पेट खाएर, कोहि खाना र बस्नको समेत समस्या भएको दृश्य सहितको समाचार काठमान्डू पोस्टमा छापिए संगै नेपालीहरुको पिडा बाहिर आएको हो। यस तर्फ दूतावास मौन छ।

कोरोना कहरकै महामारीमा कुवेत चौथो पिडित देखिएको छ।  पछिल्लो २४ घन्टामा कुवेतमा ८० जना संक्रमित भेटिएका छन् यो संगै कुवेतमा संक्रमितको संख्या १९ सय ९५ पुगेको छ।  अहिले सम्म ९ जनाको मृत्यू र ३९ जनाको अवस्था गम्भीर रहेको छ।  हाल सम्म ३ सय ६७ जनाले स्वास्थ्य लाभ गरेका छन्। अहिले सम्म १९ जना नेपाली संक्रमित भएको पुष्टि भए पनि कति जना नेपाली संक्रमित छन् भन्ने विषयमा राजदूतावास नै अनभिज्ञ रहेको छ। अहिले सम्म कुनै पनि नेपाली को मृत्यू, स्वास्थ्य लाभ तथा गम्भीर अवस्थामा भएको भन्ने जानकारी कुवेत सरकारले दिएको छैन।

कोभिड संक्रमितको हिसाबले सबै भन्दा न्यून देखिएको भए पनि पछिल्लो २४ घन्टाको नाजिजाका आधारमा बहराइन भन्दा अगाडी ओमन देखिएको छ।  ओमानमा आज मात्र १ सय ४४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने अहिले सम्म १४ सय १० जना संक्रमित पुगेका छन्।  अहिले सम्म ७ जनाले ज्यान गुमाएको ओमनमा २ सय ८३ जनाले स्वास्थ्य लाभ गरेका छन्। मध्यपूर्व मध्य ओमानमा नेपाली राजदूतावासले उत्कृष्ट भूमिका निभाएको ओमन स्थित विवेकशील नेपाली प्रवास प्रतिनिधि राजेन्द्र सिलवालले दीप संचारलाई बताएका छन्।  तथापी कुटनीतिक पहल भने अपेक्षाकृत हुन सकेको छैन।

पछिल्लो २४ घण्टा भित्रको नतिजाको आधारमा बहराइन छैठौं स्थानमा रहेको छ।  बहराइनमा आज  २६ जना नयाँ संक्रमित भेटिएका छन्।  यो संगै १९ सय ७ जना संक्रमितको संख्या पुगेको छ भने अहिले सम्म ७ जनाको मृत्यू भएको छ भने ७ सय ६९ जनाले पूर्ण स्वास्थ्य लाभ लिएका छन्।  ३ जनाको अवस्था गम्भीर रहेको बहराइनमा कुनै पनि नेपालीले मृत्यूवरण वा गम्भीर अवस्था झेल्नु परेको छैन।  यो समाचार तयार पार्दा सम्म बहराइनमा ४९ जना नेपाली संक्रमित रहेको पुष्टि भए पनि संक्रमित भएका तर पुष्टि हुन थुप्रै बाँकी रहेको अनुमान स्थानीय आप्रवासी नेपालीहरुले गरेका छन्।

नेपालीहरको मुख्य गन्तव्य नरहेको र नेपाल सरकारले आफ्नो कुटनीतिक सम्बद्ध विस्तार गर्न नसकेको तर मध्यपूर्वमा रहेका अन्य ५ मूलुक सहितको तथ्यांक जस्ताको त्यस्तै।

 


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस