Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकोरोना अपडेट : दुबईमा किटाणुरहित कार्यक्रम एक हप्ताको लागि थप : कोरोनाका ४७७ नयाँ संक्रमित थपिए

कोरोना अपडेट : दुबईमा किटाणुरहित कार्यक्रम एक हप्ताको लागि थप : कोरोनाका ४७७ नयाँ संक्रमित थपिए


युएई – कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले गत २ हप्ताबाट चौबीसै घण्टा संचालन गर्दै आएको सार्वजनिक स्थल किटाणुरहित गर्ने कार्यक्रमलाई थप एक हप्ताको लागि निरन्तरता दिने भएको छ ।

आज शुक्रबार संकट तथा विपद् व्यवस्थापनको सर्वोच्च समितिले शेख मंसूर बिन मोहम्मद बिन रशीद अल मकतूमको अध्यक्षतामा बसेको बैठकले दुबईमा चौबीसै घन्टा किटाणुरहित गर्ने कार्यक्रम थप एक हप्ताको लागि विस्तार गर्ने निर्णय गरेको हो । गत दुई हप्ताको संचालन भएको कार्यक्रमको सकारात्मक प्रभाव रहेको निष्कर्ष समेत निकालेको स्थानीय समाचार संस्था गल्फ न्युजले उल्लेख गरेको छ ।

यसैगरि आज (१७ अप्रिल) युएई सरकारले दिएको जानकारी अनुसार कोरोना भाईरसको ४७७ जना नयाँ सक्रमित फेला परेका छन । यो सँगै संक्रमितको संख्या ६ हजार ३ सय २ पुगेको छ । त्यसैगरी आज ९३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

यो सँगै स्वास्थ्य लाभ गर्नेको संख्या १ हजार १ सय ८८ पुगेको छ । आज मृत्यु हुने जिसिसीका २ जना सहित मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस