गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : कतारमा आज मात्र ३९२ जना संक्रमित, ३७ जनाको अवस्था गम्भीर कोरोना अपडेट : कतारमा आज मात्र ३९२ जना संक्रमित, ३७ जनाको अवस्था गम्भीर दीप संञ्चार वैशाख ४, २०७७ गते २२:२१ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप 3 सय ९२ नयाँ संक्रमित भएको पुष्टि भएको छ । यो अहिले सम्मको अधिकतम संख्या हो। यो संगै कतारमा भाइरस संक्रमितको संख्या ४ हजार १ सय ३ जना पुगेको छ । अहिले सम्म ७ जनाको मृत्यू भएको छ भने ३७ जनाको अवस्था गम्भीर रहेको छ।त्यस्तै आज मात्र थप ९ जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन् । यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या ४ सय १५ जना पुगेको छ । आज सम्म ५६ हजार ३ सय ८१ जनाको जाँच भएको छ ।कतारमा संक्रमति लक्षण देखिएका विरामीहरुलाई निकै तदारुपताका साथ तत्काल परिक्षण गरिने गरेको छ। यसका लागि देश भर सरकारी, स्थानीय एवं नेपाली लगाएत आप्रवासीहरुलाई स्वयंसेवकका रुपमा खटाई अभियान नै चालेर सचेतना गराइएको छ। तसर्थ शुरुवातिमै उपचार पाएको हुँदा मानवीय क्षति नगन्य अवस्थामै निकै न्यून रहेको छ।अहिले सम्म कति जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् भन्ने तथ्याङ्क बाहिर नआएपनि कुनै पनि नेपाली आइसियू तथा चिन्ताजनक र मृत्यू भएको छैन।केहि कतार सरकारको क्वारेन्टाइन रहेका नेपालीहरु खुशी नै भएको र मोबाइल लगाएतको सबै सुविधा भएको हुँदा कुनै समस्या देखिएको छैन।सबै जना आ-आफ्नो परिवारसंग निरन्तर सम्पर्कमा रहेको जानकारी उक्त नेपालीहरुले राजदूतावासलाई फोन गरेर जानकारी गराएका छन्। खाद्यान्न लगाएत समस्या परेका नेपालीलाई नेपाली राजदूतावासले सहजीकरण गरिरहेको छ । समस्या परेका नेपालीहरुले राजदूतावासमा वा एनआरएनए कतारलाई सम्पर्क गर्न सक्नेछन।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु