विवेकशील नेपाली कतारको महासचिवमा कल्याण थापा चयन
दोहा – विवेकशील नेपाली कतारले एक वर्ष देखि रिक्त रहेको महासचिव पदमा कार्य समिति सदस्य कल्याण थापा लाई चयन गरेको छ।
विवेकशीलले कोरोनाको सन्त्रासलाई मध्यनजर गर्दै मंगलबार बसेको भर्चुअल बैठकको सर्व सहमतिलेले कतार समितिको महासचिव पदपूर्ति गरेको हो।
विगत केही समय पहिले निर्वाचित महासचिव हरिओम पौडेल नेपालमै उद्यमी बन्ने अठोट गरी नेपाल गए संगै महासचिव पद रिक्त रहेको थियो l
कार्यभार सम्हाल्दै कार्यवाहक महासचिव कल्याण थापा भन्छन्, ‘कोरोना र विश्व व्यापी रूपमा आर्थिक मन्दीले प्रवासी नेपालीहरूमा ठूलो असर पर्न जानसक्ने प्रबल संभावना भएको अवस्थामा हामी जस्तो वैकल्पिक व्यवस्था अवलम्बन गरेको संगठनले पूर्व तयारी अनुरूपका कार्य सम्पादन गर्दै, कतारमा रहेका नेपाली समुदायहरुहरुसंग उचित सहकार्य गर्न हेतु साथै विवेकशील नेपाली कतारले सहजता प्रदान गर्न सक्ने समन्वयकारी भूमिका निर्वाह गर्न पनी मैले माहासचिवको जिम्मेवारी सम्हाल्ने अठोट गरेको हूँ l’
दोहाको वर्तमान अवस्थामा विवेकशील नेपाली कतारले गर्दै आएको कामलाई थप सशक्त बनाऊन र संगठन भित्रका आन्तरिक कामहरू र श्रमिकको हितमा हुने नीतिहरू निर्माण गर्न पनी मैले माहासचिवको जिम्मेवारी लिन आवस्यक रहेको थापाको भनाई रहेको छ।
विवेकशील नेपाली कतारले नेपाली समुदाय माझ एक फरक र पूर्व तयारीका साथ नेपाली श्रमिकको हितमा काम गर्ने संगठन बनेको दाबी थापा भन्छन्, ‘विवेकशील नेपाली कतार भित्र चुस्त-दुरुस्त काम गर्ने यूवाहरूको संख्या भएको र समृद्ध नेपाल प्रतिको सपना साकार पार्न कटिबद्ध प्रतिबद्ध यूवाहरूको समूह पनी हो l’
क्याटेगोरी : गल्फ
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस