Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकोरोना कहर : काँग्रेस सभापति देउवाको विदेशमा रहेका नेपालिहरु प्रति चिन्ता, जनसम्पर्क समितिमार्फत विभिन्न देशका समस्या बुझ्दैं

कोरोना कहर : काँग्रेस सभापति देउवाको विदेशमा रहेका नेपालिहरु प्रति चिन्ता, जनसम्पर्क समितिमार्फत विभिन्न देशका समस्या बुझ्दैं


दोहा – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा यतिबेला विदेशमा रहेका नेपाली प्रति निकै चिन्तिती देखिएका छन्। दिन दिनानुदिन अझ जटिल बन्दै गएको कोरोनाको महामारि र यसबाट प्रतक्ष्य प्रभावित विदेशमा रहेका नेपालिहरुलाई परेको समस्याप्रति चिन्ता व्यक्त गर्दै विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिहरु मार्फत समस्या र समाधानको विषयमा छलफल गरिरहेका छन्  ।

सभापति देउवाले विभिन्न मुलुकका आफ्ना प्रतिनिधिहरुलाई फोन गरि नेपालिको अवस्था बुझ्ने क्रममा युरोप, अमेरिका तथा एसियन मुलुकहरु संगै मध्यपूर्वका देशहरु युएई, कतार, साउदी, कुवेत, बहराइन, ओमन लगाएत देशमा पनि फोन गरि नेपालीका अहिलेको अवस्थाको बारेमा बुझेका हुन् ।

यसै क्रममा सभापति देउवाले नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीसँग कुरा गरि कतारको अवस्थाबारे जानकारि लिएका छन्  l

कोरोनाबाट सिर्जना भएको समस्याबाट ‘उहाँ निकै चिन्तित र गम्भीर हुनुहुन्छ l कुराकानिमा मैले सभापति देउवालाई कतारको अहिलेको अवस्था र केहि सुझाव पनि दिएको छु।’ कुराकानी पछि दीप संचारसंग कुरा गर्दै सुवेदीले बताए। सुवेदीले थपे ‘कतार लगायत माध्यपूर्वमा कोरोनाको समस्याले करिब दस लाख नेपाली प्रवाभित भएको र लकडाउनको अवस्था प्राय देशहरूमा छ तर कतारमा सेमी लक भएको जानकारी गराएँ l’

सुवेदीले सभापति देउवालाई अवगत गराएको संक्षिप्त सारांश :

कतार लगायत माध्यपूर्वमा कोरोनाको समस्याले करिव दस लाख नेपाली प्रवाभित भएका छन्ल। कडाउनको अवस्था प्राय देश हरूमा छ यद्यपि कतारमा पूरा लकडाउन छैन l सरकारले स्वास्थ्य जाँचलाई तीब्रता दिएको छ l पोजेटीभ देखिएकालाई उपचार राम्रो उपचार गरेको छ l धेरै श्रमिक र चहल पहल हुने  ठाउँहरुमा लकडाउन गरेको छ सरकार निकै गम्भीर र सबै लाई समान व्यवहार गरेको छ l च्यारिटी मार्फत समस्यामा परेकालाई खाद्यान्न समेत वितरण गरेको छ l स्वास्थ्य लाभ गर्नेको संख्या राम्रो र मृत्यू  हुने  पनि कमी नै छ यसरी हेर्दा यहाँ को तयारी राम्रो छ l

सामान्य अवस्था भन्दा केही जटिल परिस्थिति त स्वाभाविक हुन्छ आत्ति हाल्नु पर्ने परिस्थिति छैन l तर प्रतिपक्ष दलको नाताले भविष्यमा हामीले खेप्नै पर्ने समस्या तथा भैपरी आउने समस्या समाधान गर्न नेपाल सरकार तयारी हुनुपर्छ यही सुझाव राख्नु होला l यसतर्फ ध्यान दिनुपर्ने हुन्छ सम्भावित समस्या गल्फका अघिकास श्रमिकहरूलाई पर्न सक्छ l

मोटामोटी रुपमा अहिलेसम्मको परिस्थिती सबैले उस्तै उस्तै भोगी रहेका छन्।  चेकजाँच चली रहेको छ । धेरै साथीहरु लकडाउन भित्रै हुनुहुन्छ, यसरी लकडाउन लामो समय भयो भने सबै कम्पनिले तलव दिन्छन भन्ने ग्यारेन्टी छैन, समस्या यहाँ नेर छ ।

यो भन्दा गम्भीर स्थिती भोली सन्क्रमण काल पछीको आर्थिक मन्दिको कारण धेरै जनाले रोजगारी गुमाउन सक्ने भयाभय स्थिती आउन सक्ने सम्भावना छ। यदी त्यो अवस्था आएमा लाखौंले रोजगारी गुमाउने र नेपालमा धेरैको गास बास कपासको समस्या आउन सक्दछ । त्यस्तो हुन नदिन कुटनितिक पहल मार्फत विशेष गल्फमा दूतावास लाई अली सकृय बनाउनु पर्दछ ।

यदी कम्पनी बन्दको स्थिती आएमा पनि एग्रिमेन्ट अनुसारको तलव भुक्तानी गर्नु पर्दछ भनेर सरकार मार्फत प्रभावकारी कुरा राख्नु होला । विदेशबाट फर्केर आउनेहरुलाई निश्चित समय सम्मको लागि निर्व्याज ऋणको प्रवन्ध होस। लकडाउनको कारण सबै तिर बन्द छन। यो अवस्थामा यो महमारिमा कसैलाई रोग नलागोस, लागे पनि निकोहोस् कामना गर्दछु तर लागेर मरीहालेमा पनि लास को व्यवस्थापना अन्न्य मुलुक भन्दा गल्फ मा गाह्रो छ यसलाई सहज कसरी गराउन सकिन्छ त्यो बारेमा कुट्नैतीक पहल गर्नु पर्ने देखिन्छ ।

खाडी लगायत मलेसियामा रहनेको रेमिटेन्सले देश चलेको छ। भोलि फर्कन पर्ने अवस्था आयो भने देशको आयस्रोत कम हुन्छ भने यसरी फर्काइए देशको स्थिति के होला l बिशेष ध्यान दीन पर्ने यो क्षत्रमा सरकार मौन छ। सरकार तथा प्रतिपक्षको आवाज र सन्देस हामीहरुको सम्बन्धमा गम्भीर भएन ।

देश धान्ने हामीहरु साहानुभुति  पाउने अरु जस्तो भएको छ, सभापति ज्यूँ। खाडीबाट फर्कने कामदारको परिवारलाई सरकारको तर्फबाट भोलिका दिनमा विशेष राहत प्याकेज ल्याउन पर्ने देखिन्छ। प्रतिपक्ष दलले ध्यान दिएर सरकारलाई त्यो बारेमा जानकारि गराउनको लागि आग्रह गर्दछु। 


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस