गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना कहर : युएईबाट नेपाली स्वदेश फर्काउन दूतावासलाई ज्ञापन पत्र कोरोना कहर : युएईबाट नेपाली स्वदेश फर्काउन दूतावासलाई ज्ञापन पत्र सुर्य बहादुर खवास चैत्र २८, २०७६ गते ४:१४ मा प्रकाशित युएई – विश्व अहिले कोरोना महाव्याधिको चपेटामा परेको छ । यसबाट युएई पनि अछुतो रहेको छैन ।अन्तरास्ट्रिय स्तरको स्वास्थ्य सेवा हुँदा हुँदै पनि दिन दुगुना रात चौगुना संक्रमण बढ्दो छ । यसको प्रत्यक्ष असर वैदेशिक रोजकारिमा आएका कामदारहरुमा देखिन थालेको छ ।कतिपय कम्पनीहरुले कामदार कटौती त कतिपयले बेतलवी बिदा दिन थालिसकेका छन । यसले झन भोलि के होला भन्ने अन्योलता थपिएको छ ।युएईमा हाल अढाई लाख बढी नेपाली कार्यरत रहेको अनुमान गरिएकाे छ। अहिलेको यस विषम परिस्थितिमा समस्यामा परेका नेपालिहरुलाई उद्दारगरि स्वदेश फर्काउन माग गरिएको छ ।विश्वभरी आफ्नो संजाल भएको एनआरएन युएई तथा युएईमा कृयाशिल ४१ वटा संस्था आवद्ध नेपालिहरुको पुरानो संस्था नेपाली समाज युएईले दूतावासको ध्यानाकर्षण गराउदै छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।ज्ञापनपत्रमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल तथा एनआरएन युएईका जनरल सेक्रेटरी नरेस सेनले हस्ताक्षर गरेको गरेका छन् ।उक्त ज्ञापनपत्रमा कामदार कटौतिमा परेका, स्वइच्छाले कम्पनिबाट राजिनामागरी घर फर्कन चाहेका (कोरोना संक्रमित नभएका), भिजिट भिषामा युएई आएका भिषा अवधी सकिएकाहरु अलपत्र पर्ने अवस्थामा पुगेकोहरुलाई अविलम्ब स्वदेश फर्काउन संबन्धित निकायसँग समन्वय गरि उपयुक्त व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप