Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकोरोना अपडेट : कतारमा ३७ जनाको अवस्था गम्भीर, आज थप १६६ संक्रमित भएको पुष्टि

कोरोना अपडेट : कतारमा ३७ जनाको अवस्था गम्भीर, आज थप १६६ संक्रमित भएको पुष्टि


दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १ सय ६६ जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २ हजार ३ सय ७६ जना पुगेको छ । अहिले सम्म ६ जनाको मृत्यू भएको छ भने ३७ जनाको अवस्था गम्भीर रहेको छ।

त्यस्तै आज मात्र थप २८ जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन् । यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या २ सय ६ जना पुगेको छ । आज सम्म ४३ हजार १ सय ४४ जनाको जाँच भएको छ ।

कतारमा संक्रमति लक्षण देखिएका विरामीहरुलाई निकै तदारुपताका साथ तत्काल परिक्षण गरिने गरेको छ। यसका लागि देश भर सरकारी, स्थानीय एवं नेपाली लगाएत आप्रवासीहरुलाई स्वयंसेवकका रुपमा खटाई अभियान नै चालेर सचेतना गराइएको छ। तसर्थ शुरुवातिमै उपचार पाएको हुँदा मानवीय क्षति नगन्य अवस्थामै निकै न्यून रहेको छ।

अहिले सम्म कति जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् या छैनन् भन्ने तथ्याङ्क बाहिर नआएपनि कुनै पनि नेपाली आइसियू तथा चिन्ताजनक र मृत्यू भएको छैन।

केहि कतार सरकारको क्वारेन्टाइन रहेका नेपालीहरु खुशी नै भएको र मोबाइल लगाएतको सबै सुविधा भएको हुँदा कुनै समस्या देखिएको छैन।

सबै जना आ-आफ्नो परिवारसंग निरन्तर सम्पर्कमा रहेको जानकारी उक्त नेपालीहरुले राजदूतावासलाई फोन गरेर गराएका छन्।

स्रोत : वर्ल्डओमिटर

क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस