गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : युएईमा एक नेपालीको मृत्यू, आज मात्रै थप २७७ जना नयाँ संक्रमित कोरोना अपडेट : युएईमा एक नेपालीको मृत्यू, आज मात्रै थप २७७ जना नयाँ संक्रमित सुर्य बहादुर खवास चैत्र २४, २०७६ गते २३:२७ मा प्रकाशित युएई – युनाइटेड अरब इमिरेट्स (युएई) मा सोमबार कोरोना भाईरसबाट २७७ जना नयाँ संक्रमित भेटिएको युएइ सरकारको आधिकारिक ट्विट मार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिईएको हो।यो सँगै युएईमा संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ । आज स्वास्थ्य लाभ गर्नेको सख्या २३ रहेको छ यो सँगै स्वास्थ्यलाभ गर्नेको संख्या १६७ जना पुगेको छ । साथै सोमबार १ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ११ पुगेको छ ।यूएईको दुबईमा घरेलु कामदारको रुपमा काम गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्।‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो। तीन दिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्नुभएको थियो’, मृतकका नजिकका आफन्तले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए । अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन। शवलाई प्रहरी आएर लिएर गएको थियो।’दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो। उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्।हाल सम्म यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट ११ जना नेपालीहरु संक्रमित भैसकेका छन् । ११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारबाट प्रविण गुरुङद्वारा एनआरएनएको उप महासचिव पदमा उम्मेदवारी घोषणासिरहा सेवा समिती कतारद्वारा आईसीसी,एनसिसी कतारका हालै निर्वाचित पदाधिकारीलाई सम्मानआगामी २६ जनवरीमा नेपाल व्यवसायी संघ कतारको अधिवेशन हुँदै, कार्यसमिति…विभाजित एनसीसी संग एकता गर्न वार्ता समिति गठन धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?