Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित,

कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित,


युएई – विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बाट थप २४१ नयाँ संक्रमित फेला परेको पुष्टि भएको छ । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै उक्त जानकारी दिईएको हो।  यो संगै युएईमा भाइरस संक्रमितको संख्या १५ सय ५ पुगेको पुगेको छ ।

त्यस्तै आज स्वास्थ्य लाभ गर्ने १७ जना सहित अहिले सम्म १२५ जनाले पुर्ण स्वास्थ्य लाभ गरि भएर घर फर्केका छन् । यसैगरी आज अरवी मुलका ५३ वर्षिय १ जनाको मृत्यु सँगै कोरोनाको संक्रमणबट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई युएईको दुबई इमिरेट्समा आगामी २ हप्ताकोलागी २४ घण्टा निरन्तरता दिने भएको छ ।

उक्त समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न अपिल गरेको छ । सार्वजनी सवारीमा बस र ट्याक्सी संचालन भएपनी मेट्रो ट्रेनलाई भने पूर्णरुपले बन्द गरेको छ । खाद्य रिटेल आउटलेटहरू जस्तै संघ सहकारी स्टोरहरू र सुपरमार्केटहरू, साथ साथै फार्मेसीहरू र खाना र औषधि वितरणहरूलाई सामान्य रूपमा सञ्चालन गर्न अनुमति दिएको छ ।

यसै गरि पानी र विद्युत क्षेत्र, पेट्रोल र ग्यास स्टेशनहरू, दूरसञ्चार, मिडिया, एयरपोर्टहरु, एयरलाइन्सहरू, पोर्टहरू, शिपिंग, सीमा शुल्क र सीमा क्रसिंग तथा सार्वजनिक र निजी सुरक्षा सेवाहरूलाई समेत संचालन असर नगर्ने जनाएको छ ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस